20220122

नेपालमा १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु, अमेरिकामा ७ लाख २१ हजार ६ सय ५८ संक्रमण पुष्टि, २१६२ जनाको मृत्‍यु

आज नेपालमा १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।१४ हजार ४ सय ६२ नमूना पिसिआर परिक्षण गर्दा ८ हजार २ सय १२ जना र ५ हजार ७ सय २५ नमूना एन्टीजेन परिक्षण गर्दा २ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा मात्रै ५ हजार तीन सय ६ संक्रमित थपिएका हुन् काठमाडौँमा ३ हजार ७ सय ६२, ललितपुरमा १ हजार १ सय १० र भक्तपुरमा चार सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै आज ७ सय ८ जना संक्रमित निको भएका छन् भने संक्रमित १६ जनाको मृत्यु भएको छ । 

उता अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७ लाख २१ हजार ६ सय ५८ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट २ हजार १ सय ६२ जनाको मृत्यु भएको छ ।गत जनवरी २१ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण दुई हप्ताको अवधिमा औसतमा ११ प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले जनवरी २२ शनिबारको दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख ६४ हजार १ सय ८२ जनाको निधन भएको छ भने दैनिक औसतमा ४४ प्रतिशतले मृत्यु दर बढेको छ । न्यूयोर्क टाइम्सले दैनिक र दुई हप्ताको औसतमा उक्त तथ्यांक निकालेको हो । यसै गरी गत बिहिबारका दिन सम्म कूल ७ करोड १ लाख ३० हजार ६ सय ५० जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल १ लाख ५९ हजार १ सय ८८ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा ३० प्रतिसत वृद्धि भएको छ । यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६३.३ प्रतिशत पुगेको छ । अमेरिकामा १८ बर्ष भन्दा माथिकाले पूर्ण खोप ७३.८ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७२.१ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६७.३ प्रतिशत पूर्ण खोप लगाई सकेका छन। त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकाले पूर्ण खोप ८८.२ प्रतिशत लगाई सकेको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म कूल २१ करोड २१ हजारलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )लिनेको संख्या ८ करोड ३० लाख नाघेको छ ।कूल जन संख्यामा अभिवर्धक खुराक लगाउनेको संख्या ३९.५ %, ६५ बर्ष भन्दा माथिकाले ६२.७ % ,१८ बर्ष भन्दा माथिकाले ४२.६ % र ५० बर्ष भन्दा माथिका ले ५४.१ % ले लगाएको सिडिसीले उल्लेख गरेको छ ।अहिले सम्म कूल ४ करोड ४१ लाख ९१ हजार ५ सय १२ जनाले कोरोनालाई जितेका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक