20220118

अपराधीलाई कारवाहीको दायरामा कहिले ल्याउने ?? : सन्दर्भ स्वर्गीय मुक्तिनाथ अधिकारीको २० औँ स्मृति दिवस

राजनीतिका नाममा भएका कतिपय अपराध समाधान भएजस्तो लागेपनि अपराधीलाई कारवाहीको दायरामा ल्याउन अझै बाँकी रहेको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बताउनुभएको छ । स्वर्गीय मुक्तिनाथ अधिकारीको २० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्नुहुँदै महामन्त्री थापाले मुक्तिनाथ अधिकारीको निर्मम तरिकाले भएको हत्याको विषय आफूले नयाँ पुस्तालाई समेत भन्ने गरेको र सरकार एवं सदनबाट फरक ढंगले आवाज उठाउने प्रतिवद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा माओवादीले हत्या गरेका लम्जुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीको हत्यामा संलग्न भएकाहरुलाई कारवाही गर्नुपर्ने लगायत द्वन्द पिडितलाई न्याय दिनुपर्ने मागलाई वेवास्ता गरिएको भन्दै अधिकारकर्मीहरुले सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन । स्वर्गीय अधिकारीको २०औँ स्मृति दिवसका अवसरमा भर्चुअल माध्यमबाट आज आयोजित कार्यक्रममा सहभागीहरुले न्यायको माग गर्दा भिख मागेको ठान्ने राज्यप्रति नै नैराश्यता व्यक्त गरेका थिए । न्यायका लागि हतियार उठाउने पार्टी र थुप्रै समर्थक र शुभेक्छुक गुमाएका दलहरु कयौँ पटक सरकारमा सहभागी भए तर शहिदहरुको पक्षमा आवाज नउठाउँदा व्यवस्थाप्रति नै निराशा छाएको उनीहरुको भनाइ थियो । कार्यक्रममा स्वर्गीय अधिकारीका छोराहरु सुमन अधिकारी र सुवोध अधिकारी, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, मानवअधिकारकर्मीहरु कपिल श्रेष्ठ र चरण प्रसाईं, एमनेष्टी इन्टरनेशनलका अध्यक्ष बिक्रम धुकुचु, डा निरज श्रेष्ठ लगायतका वक्ताहरुले न्यायको लागि भएको लडाइँ लामो हुने भएकोले आफ्नो क्षेत्रबाट निरन्तर न्यायका लागि आवाज उठाइरहने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वर्गीय अधिकारीका नाति प्रशान्त तिवारी र नातिनी कविना अधिकारीले कवितामार्फत आफ्नो स्वर्गीय हजुरबुवालाई नदेखेपनि उहाँको योगदान र विना कारण भएको हत्याको माग गर्नुभएको थियो । कार्यक्रम मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको हो । लम्जुङ्ग दुराडाँडास्थित पाँणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई विद्यालयमा अध्यापन गराइरहकै बेला विसं २०५८ साल माघ ३ गते नियन्त्रणमा लिएर विद्यालय भन्दा केही माथि रुखमा झुण्याएर गोली हानी हत्या गरिएको थियो । स्वर्गीय अधिकारीको हत्या भएको समाचार र उहाँको रुखमा बाँधिएको फोटो विश्वव्यापी रुपमा चर्चामा रहेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक