20220107

नेपालमा कोरोना सङ्क्रमणको दर फेरि बढ्दो

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणको दर फेरि बढेको छ । आज मात्रा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ९ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो देशभरि ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । यो साताको पहिलो दिन गत पुस १८ गते आइतबार २ सय १६ जनामा संक्रमण पुष्टि भएको थियो । १४ हजार ९ सय ७१ जनाको नमुनाको परीक्षण गर्दा आज ९ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी आजै २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समेत पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेपछि सबै अस्पतालहरूलाई अक्सिजन लगायतका आवश्यक अन्य सामग्रीसहित तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । गएको २४ घण्टामा २ सय ६२ जना संक्रमण मुक्त भएका छन् । यसैगरी देशभरि ५ हजार ७ सय ४१ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक