20220128

नेपाल प्रहरीको समाचार : "Crypto Currency Trade गर्ने व्यक्तिहरु पक्राउ"

  राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठ समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी/BTC बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचना महाशाखामा प्राप्त भई निजहरुको निग्रानी राख्न यस महाशाखाबाट बिशेष टोली परिचालन गरिएकोमा मिति २०७८/१०/०६ गते दिउसो काठमाण्डौको मिनभवनबाट तपसिलमा उल्लेखित ठेगाना भएका राजन भट्टराई बिशाल श्रेष्ठ र

दिपेनराज श्रेष्ठलाई पक्राउ गरी ल्याइएकोमा निजहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।

खुल्न आएका कुराहरुः-

पक्राउ व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग रु.२६,००,०० ।- कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिन आएको ।

साथै नेपालमा Crypto Currency को कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन हुन यसै बिज्ञप्ती मार्फत सबैमा जानकारी गराईन्छ ।

पक्राउ ब्यक्तिहरुः-

१. नाम राजन भट्टराई 

उमेरः- २१ बर्ष

ठेगानाः- जिल्ला पर्बत फलेबास न.पा.वडा नं.११ कर्नास ।

हालः- जिल्ला कास्की पोखरा बस्ने

२. बिशाल श्रेष्ठ 

उमेरः- २५ बर्ष

ठेगानाः- जिल्ला सुनसरी ईटहरी उ.म.न.पा.वडा नं.४ ईटहरी बस्ने 

३. दिपेनराज श्रेष्ठ 

उमेरः- २७ बर्ष

ठेगानाः- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.११ थापाथली बस्ने ।

मिति २०७८/१०/०७


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक