20220220

पोखरामा बाक्लो असिना सहित पानी, असिना हटाउन डोजरको प्रयोग !

पोखरा, फागुन ८ गते । पोखरामा आज बाक्लो असिनासहित पानी परेको छ । असिना पानीले पोखराको सडक केहीवेर अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक, रानिपैवा भागमा असिनाले सडकनै छोपीएको थियो । सडमा परेको असिना हटाउन डोजरको प्रयोग गरिएको थियो ।

“असिनाले गुडिरहेका सवारीसाधन रोकिएका थिए्, बाटो हिँडिरहेका मान्छेहरु ओत बसेका थिए् । सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका थिए” स्थानीय थम्मन ठकुरीले बताउनुभयो । असिनाले यहाँको जनजीवन प्रभावित बनेको छ ।

बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको स्थानीयको भनाई छ । अचानक परेको असिना पानीका कारण थुप्रै सवारी बाटोमै रोकिएका थिए ्। पोखरामा चार इन्चदेखि एक फुटसम्म असिना जमेको स्थानीयको भनाई छ ।

असिना पानिले पोखरा महानगर क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतका अन्नबालीमा क्षति पुर्याएको छ । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताउनुभयो ।

बेमौसमी तरकारीलाई यसले ठूलो क्षेती पु¥याएको जानकारी उहाँले दिनुभयो । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका विभिन्न तरकारी खेती हुने क्षेत्रमा असिनाले क्षति पु¥याएको उहाँले बताउनुभयो । यसको यकिन क्षति फिल्डमा पुगेपछि मात्रै थाहा हुने उहाँको भनाई छ । 
आलु, रायो लगायतका तरकारी लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिनेगरी असिनाको खात लागेको देखिन्छ । असिनाका कारण चारपाङ्ग्रे सवारीसाधन समेत चल्न नसक्ने अवस्था भएको स्थानीयको भनाई छ । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पानीसहित असिना परिरहेको मौसमविद्को भनाई छ । एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रमेश पौडेल/ गोरखा पत्र 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक