20220226

युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म ३०० जना युक्रेनीको मृत्यु

 ‘यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन। म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु।’- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म ३०० जना युक्रेनीको मृत्यु भएको छ।युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा ३०० जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन्। मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ।

पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन्। घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ।

देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन्। 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खबर पठाए पनि उनले अस्वीकार गरे। अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उनले अस्वीकार गरेको जनाएका छन्।

अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन्, ‘यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन। म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु।’

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहेका राष्ट्रपति जेलेन्स्कीको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ।

जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित उनले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका थिए।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक