20220218

बेलायतमा तीन दशकयताकै सबैभन्दा ठुलो आँधीका कारण यातायात, रेल सेवा समेत अवरुद्ध हुनुका साथै दर्जनौँ हवाई उडान रद्द !

 बेलायतमा युनिस नामक आँधीले जनजीवन प्रभावित बनेको छ । तीन दशकयताकै सबैभन्दा ठुलो आँधीका कारण यातायात, रेल सेवा समेत अवरुद्ध हुनुका साथै दर्जनौँ हवाई उडान रद्द भएका छन् । सयौं विद्यालय बन्द गरिएका छन् । बीबीसीका अनुसार १२२ किलोमिटर प्रतिघण्टा वेगमा आएको आँधीले साउथ इस्ट इङ्ल्यान्ड र साउथ वेल्सका ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द

भएको छ । जसका कारण एक लाख बढी मानिस प्रभावित भएका छन् । आयरल्याण्डमा आँधीका कारण ढलेको रुखले लागेर एक जनाको मृत्यु भएको छ । लन्डन, साउथ इस्ट र इस्ट इङ्ल्यान्डका केही भागमा दिउँसो तीन बजेसम्मका लागि सबैभन्दा उच्च खतराको सूचना जारी गर्दै सर्वसाधारणलाई सकेसम्म यात्रा नगर्न अपिल गरिएको थियो । साउथ वेस्ट इङ्ल्यान्डको उत्तरी सामुद्रिक भाग र साउथ वेल्समा पनि चेतावनी दिइएको छ । स्कटल्यान्डमा हिमपातले १ सय ५० वटा विद्यालय बन्द गरिएका छन् । बेलायत सरकारको सेनालाई तयारी अवस्थामा राखिएको बीबीसीले जनाएको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक