20220204

नेपाली पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयबाट मानार्थ पीएचडीबाट सम्मान

 नेपाल मदर पत्रकार किशोर पन्थीलाई हार्दिक बधाई ज्ञापन गर्दछ !

पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । अमेरिकाको सिका युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो । 

मानवताको भलाईमा योगदान दिएका कारण पन्थीलाई यो सम्मान प्रदान गरिएको युनिभर्सिटीकी प्रेसिडेण्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन् । जनवरी २२ मा भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम गरिएको छ, जसमा   दर्जनौंको उपस्थिति रहेको थियो । कोरोनाको महामारीका कारण भर्चुअल रूपमा कार्यक्रम गर्नुपरेको युनिभर्सिटीले जनाएको छ । 



ग्रयाजुएस सेरेमोनीमा  डा. श्यारोन फिनले पत्रकार पन्थीलाई मानार्थ पीएचडी प्रदान गर्नुको औचित्यबारे बोलेकी थिइन् । साथै पन्थीको बायोग्राफ़ी  छोटकरीमा प्रस्तुत गरेकी थिइन् । 

यो युनिभर्सिटीले समाजमा कैयन प्रकारका मानवीय योगदान गरेका व्यक्तिलाई हरेक बर्ष मानार्थ पीएचडीबाट सम्मान गर्दै आएको छ । जसका लागि प्रारम्भिक योग्यता स्वरुप १० बर्षभन्दा लामो सामाजिक योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ । 

पत्रकार पन्थी न्युयोर्कबाट ११ बर्षदेखि प्रकाशित हुदै आएको खसोखासका प्रधानसम्पादक हुन् भने झण्डै २ दशकदेखि पत्रकारितामा सकृय रहदै आएका छन् । अमेरिकामा एकदशकभन्दा लामो समय पूर्णकालिन पत्रकारितामा सकृय पत्रकार पन्थीले अमेरिकामा रहेको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर पत्रकारिता गर्दै आएका छन् । पत्रकार पन्थी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा कलम चलाउँछन् । 

सिका युनिभर्सिटीबाट पैगम्बर शेफर्ड बुशिरी लगायतका चर्चित व्यक्तित्वहरु समेत मानार्थ पीएचडीबाट सम्मानित भइसकेका छन् । त्यस्तै अमेरिकाका केही सांसदहरुले समेत सिका युनिभर्सिटीबाट मानार्थ पीएडी प्राप्त गरेका छन् । 

त्यस्तै बोस्टन प्रहरी विभागका ४२ औं कमिश्नर विलियम ग्रसले पनि सिका युनिभर्सिटीबाट मानार्थ पीएचडी प्राप्त गरेका थिए । उनले सन् २०१५ मा बोस्टन प्रहरीको सुपरिटेण्डेण्ट इन चिफ रहदा यो मानार्थ पीएचडी प्राप्त गरेका हुन् ।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक