20220219

एमसीसी अनुमोदनको निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो - अमेरिका


काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय केबल नेपालको सार्वमौम विषय भएको प्रष्ट पारेको छ । चीनले एमसीसीका सन्दर्भमा अमेरिकाले नेपालमाथि दबाबमूलक कुटनीतिक हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको भोलिपल्ट अमेरिकाले जवाफ दिएको हो । अमेरिकी दूतावासको विज्ञप्तिमा भनिएको छ –  एउटा लोकतान्त्रिक र सार्वभौम मुलुकका रुपमा यो केबल नेपालको निर्णयको विषय हो ।

अमेरिकाले नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष समेत रहेको स्मरण गराउँदै अमेरिका सधैं नेपालको परिर्वतन र विकासको पक्षमा रहेको जनाएको छ । दूतावासले एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार भएको समेत जनाएको छ । यसले रोजारी सिर्जना र पुर्वाधार विकासमा सघाउने तथा नेपाली जनताको जीवनस्तर सुधार गर्ने जनाएको छ ।

 विज्ञप्ती : 

२०७८ फागुन ७

एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो

काठमाडौं । नेपाल – यो वर्ष नेपाल र अमेरिकाबिचको सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ । नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।

५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबिचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ । यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक