20220310

पञ्जाव बिधान सभाको चुनाब र आम आदमी पार्टीको जादु

  - बाबु खरेल  

पञ्जाव राज्य सरकार ऋणमा डुबेको छ।भ्रष्टाचार मौलाएको छ। कांग्रेस आइ र अकाली दलका केहि राजनीतिक घराना बाहेक बाकि जनतालाई बाँच्न गाह्रो भै रहेको छ। युबा बेरोजगार छन। जान सक्ने क्यानाडा, अष्ट्रेलियातिर भाग्दै छन। जो देशभित्र छन नशा, लागु औषधमा डुबेका छन। पाकिस्तानको बोर्डरबाट पञ्जाबमा ड्रग छिर्छ। यो अन्तरराष्ट्रिय स्तरका खेलाडीहरु हुर्काउने राज्य हो, देशको अन्न भण्डार राज्य हो। तर अहिले किसान आन्दोलनमा छन, आत्महत्या गरि रहेका छन। 

        भरखरै पञ्जाव बिधान सभाको चुनाब भयो। जनताले गुहार मागे। दिल्लीको आम आदमी पार्टिलाई गलैंचा, काम्लो डस्याइ दिए। भोलि (March 10) गनिने मत परिणाममा आम आदमी पार्टिले भारि बहुमतले पञ्जाब सरकार बनाउने पक्का भएको छ। र नयाँ मूख्य मन्त्री बन्ने छन, हास्य कलाकार तथा आआपाका लोकसभा सदस्य भगवन्त मान सिङ। 

       चुनाबको एक हप्ता अगाडि आआपार्टिले मुख्य मन्त्रीको उम्मेदवार कसलाई बनाउने भनेर पञ्चाबका जनतालाई सोधेको थियो। जनताले फोन र ह्वाट्स्यापबाट आआपालाई आफ्नो रोजाईको ब्यक्तिको नाम पठाएका थिए। त्यस मध्ये ९२ प्रतिशत (२२ लाख भोट) ले भगवन्त मानलाई बनाउनु भने। पार्टिले मान्यो। भगवन्तमान सिएम का चेहरा बने। 

के हो आम आदमी पार्टी ? 

      सन २०१२ मा अरबिन्द केजरीवाल र युबाहरु मिलेर खोलेको पार्टी  हो जसले २०१५ देखि दिल्ली बिधानसभाका चुनाबहरुमा सानदार बहुमत ल्याउँदै भ्रष्टाचार रहित सरकार चलाई रहेको छ।  आइआइटिबाट इन्जिनियर पास गरी भारतको सरकारी लोकसेबा पास गरेर इनकम ट्याक्स अधिकारी बनेका केजरिवाललाई पैसा मात्र कमाउने चाहना भएको भए त्यो नोकरी बोराका बोरा पैसा जम्मा गर्ने ठाउँ थियो। तर उनले जताततै ठूलो भ्रष्टाचार र जनताको बेहाल देखेर बिरक्त भए र समाज सेवा हुंदै राजनीतिमा आए। 

     दिल्लीमा कांग्रेस आइकी शीला दिक्षितको पालामा दिल्ली सरकार ऋणमा चुर्लुम्म डुबेको थियो। केजरीवाल सरकार आएपछि भ्रष्टाचार उखेलेर फाले, एक पैसा पनि कर नबढाइकन दिल्लीको ॠण तिरे, बजेटलाई तीन गुना ठूलो बनाई सके। सरकारी स्कूल सुधारे। अहिले प्राइभेटका विद्यार्थी सरकारीमा आउन थाले। दिल्लीका शिक्षकलाई सिंगापुर, जापान, फिनल्याण्ड तालिममा पठाउछन। अस्थायी शिक्षक स्थायी भए। शिक्षकको कमसेकम तलब आइसी ३६ हजार रुपैयाँ छ। जबकी पञ्जावका स्कूलका शिक्षकहरु मासिक रु. ६ हजारमा काम गर्न बाध्य छन। त्यो पनि धेरै अस्थायी छन। दिल्लीका विद्यार्थीहरु सरकारी स्कूलबाट आइआइटिमा नाम निकाली रहेका छन। शिक्षा मन्त्री मनिश सिसोधिया दिन दिनै शिक्षक, विद्यार्थी, अविभावक, निर्माण ठेकेदार, प्रशासक सबैलाई भेट्न स्कूलहरुको परिक्रमा गरिरहन्छन। 

          दिल्लीका सरकारी अस्पत्ताल सुधारे। जाँदा बित्तिकै उपचार हुन्छ, त्यो पनि फ्रि मा। टोल टोलमा मोह्ल्ला क्लिनिक खोले। पानी, बिजुली, टोल सुरक्षा, सफाई, रोजगार, साझा यातायात जस्ता धेरै कुरा थपे। 

        दिल्ली सरकारसंग दुइटा कुरा छैन- जग्गा र पुलिस। स्कूल या अस्पताल खोल्न पर्यो भने नगर निगम या केन्द्र सरकारसंग हात जोड्नु पर्छ। उनीहरुले जग्गा दिदैनन। त्यसैले भएको स्कूलमा कोठा थप्दै काम चलाउनु पर्छ। जब पञ्जाव सरकारमा आम आदमी पार्टि हुनेछ, उसंग जमीन पनि हुनेछ र पुलिस पनि। र पञ्जावमा आआ पार्टीले धेरै राम्रो गर्न सक्ने पञ्जावका जनताले आशा लिएका छन। 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक