20220308

पूर्व महानिरिक्षक सर्वेन्द्र खनाललाई बदनाम गराउन बाबुराम भट्टराई सहितका नेताले खेलेको खेल र वास्तविकता

  नेपाल प्रहरीका पूर्व महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाललाई बदनाम गराउनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताले आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भनी उजुरी दिन महानगरीय प्रहरी परिसरमा डफ्फा लगेको थियो।

यो प्रकरण हो– १० वैशाख ०७७ को ।

उक्त दिन काठमाडौं आउनका लागि असहज भएपछि सांसद यादवले नेकपा एमालेका सांसद महेश बस्नेत, हालका श्रममन्त्री किसान श्रेष्ठ र पूर्वआईजी खनाललाई बोलाएका थिए।

त्यसैबेला राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएपछि भट्टराईलगायतका जसपाका नेता डा. यादवको अपहरण भएको भनी अभियोग लगाए। काठमाडौंमा मेरियट होटलमा यादवलगायत सुरक्षित साथ बसेका थिए।

जनकपुरदेखि काठमाडौँ यात्रामा विभिन्न होटेलका सीसीटीभीमा डा. यादवसहितको फुटेज कैद भएको पाइएको छ। ति  फुटेजमा अपहरणमा परेका भनिएका सांसद यादव, जसपाकै तत्कालिन नेता उमाशंकर अरगरिया, प्रदेश २ का सांसद कौशल यादव देखिएका छन्।

तर भट्टराईसहितले तयार पारेको उजुरीमा अरगरिया र कौशल यादवको नाम समावेश थिएन। उनीहरुले बस्नेत, श्रेष्ठ र खनालको नाममा उजुरी तयार पारेका थिए।

अरगरिया र कौशलले प्रहरी र वकिलको सोधपुछमा उक्त प्रकरण अपहरण नभएको बयान दिएका थिए।

अपहरण परेको भनिएका यादवसहित अरगरिया र कौशल यादवले वियर खाएको फुटेज पनि फेला परेको छ। अपहरणमा परेका व्यक्तिले स्वतन्त्र रुपमा होटलमा यसरी वियर खाएर हिँडडुल गरेको बिरलै भिडिओ फेला पर्छ।

उनीहरुले सिन्धुलीको होटेल होलिडे इनमा रातीको खानासँगै रक्सी खाएको भिडिओ स्पष्ट देखिन्छ। डा. यादव आफैंले लकडाउनको समयमा फर्किन समस्या भएपछि खनालसहित बस्नेत र श्रेष्ठको टोलीलाई बोलाएका थिए।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक