20220330

यो कोरोनाले अझ कतिलाई लैजाने होला ! विश्वभर कोरोना भाइरसका दैनिक संक्रमितहरुको संख्या फेरि बढ्दै

 विश्वभर कोरोना भाइरसका दैनिक संक्रमितहरुको संख्या फेरि बढ्दै जान थालेको छ । विश्व स्वास्थ्य संगठन तथा जोन हप्किन्स विश्व विद्यालयले सार्वजनिक गरेका पछिल्लो २४ घण्टाको तथ्याङ्कमा अमेरिका जर्मनी, फ्रान्स, दक्षिण कोरिया लगायत मुलुकहरुमा एकै दिन लाखौंको संख्यामा नयाँ संक्रमित थपिन थालेका छन् । तथ्याङ्क अनुसार जर्मनीमा एकै दिन २ लाख ३७ हजार संक्रमित थपिएका छन् भने फ्रान्समा पनि २ लाख ३७ हजार संक्रमित एकै दिन थपिएका छन् । यसैगरी बेलायतमा ८० हजार बढी संक्रमित आज थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा विश्वमै धेरै संक्रमित र मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा दक्षिण कोरियामा एकैदिन सबैभन्दा बढी ३ लाख ४७ हजार बढी कोरोना संक्रमित थपिएका छन् । कोरियामा ४३२ जनाको मृत्यु पनि भएको छ । यस्तै जापानमा ४४ हजार र थाइल्याण्डमा २५ हजार बढी संक्रमित थपिएका छन् । मृत्युदर कम देखिए पनि संक्रमणदर बढ्नु चिन्ताको विषय भएको विज्ञहरुले औल्याएका छन् । यसैबीच संक्रमितको आकँडा सार्वजनिक नगरेको चीनको संघाइमा दोस्रो चरणको लकडाउनको तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा त्यहाँ कोरोना नियन्त्रणका लागि दुई चरणमा लकडाउन गरिएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक