20220302

अनेकखालका अनलाइन मिडिया, यूट्युवर र विभिन्न सामाजिक सञ्जालका सञ्चालक तथा प्रयोगकर्ताले सिर्जना गरेको तनहुँ आतंकले प्रहरी र जनता हैरान !

 अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाहका बारेमा सञ्चार माध्यममा नै अदालत खडा गरेर दिनहुँ तमासाले हैरान छ दमौली।अनेकखालका अनलाइन मिडियायूट्युवर र विभिन्न सामाजिक सञ्जालका सञ्चालक तथा प्रयोगकर्ताले यो मिडिया ट्रायल चलाइरहेका छन् ।

नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। बलात्कारको आरोपमा तनहुँ प्रहरी कार्यालयमा आफूविरुद्ध जाहेरी दर्ता भएपछि भाग्दै हिँडेका पल शाह पाँच दिनपछि गत आइतबार प्रहरीको सम्पर्कमा आएका थिए। प्रहरीको सम्पर्कमा आएपछि उनलाई हिरासतमा लिई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पल शाह तनहुँ प्रहरीको हिरासतमा रहेसँगै अहिले दमौलीमा अनलाइनयूट्युवर र टिकटकरहरूको भीड लाग्ने गरेको छ भने सामाजिक सञ्जाल पनि अभिनेता पल शाहमय बनेको छ।

प्रहरी कार्यालयलाई पृष्ठभूमिमा पारेर हातमा माइकको बुम समातेर यूट्युवर र टिकटकरहरू कराइरहेका भेटिन्छन्– ‘आदरणीय दर्शकवृन्द नमस्कार ! पल शाह काण्डको ताजा विवरण लिएर म यहाँ आइपुगेको छु ! तपाइँका सर्वप्रिय कलाकार पल शाहले यहीँ प्रहरी चौकीमा आएर आत्मसमर्पण गर्नुभएको हो ! हेर्नुहोस् दर्शकवृन्द…… ……. ……. यस्तै यस्तै !

आइतबारदेखि धेरै यूट्युवर र टिकटकरको बास तनहुँमै छ। आफ्नै युट्युब च्यानलबाट अभिनेता पलको पल–पलको खबर दिन पुगेका उनीहरू अधिकांशका हेडलाइनहरू भने अतिरञ्जित बनाउने किसिमका छन्। ‘हिरासतमा पल सुत्ने ओछ्यान यस्तो !, ‘पूर्ण गौतमसँग सनसनीपूर्ण अन्तर्वार्ता !, ‘पल शाह चाहियो भन्दै नाराबाजी, ‘पल शाहलाई रिहा गर, ‘पल शाह निर्दोष छन्, ‘दुर्गेस थापा मुर्दावाद, ……. यस्तैयस्तै ! ‘पल शाहले के खाना खाएअनि दिउँसो के खाजा खानेछन्त्यसको हामी अपडेट दिनेछौँ भन्दै बुम तेर्स्याएर कराइरहेका देखिन्छन् उनीहरू।

यूट्युवर तथा टिकटकरले त्यहाँ देखाएको रमिता र क्रियाकलापलाई नियाल्ने हो भने उनीहरूको एउटै उद्देश्य आफ्नो च्यानलको भ्यूअर/फलोअर बढाउने र डलरको खेती गर्ने भन्दा अर्को देखिँदैन। घटनाको सत्यतथ्यका विषयमा चिरफार गर्नेभन्दा पनि सनसनी मच्चाएर सस्तो लोकप्रियता हासिल गर्ने दौडमा मात्र उनीहरू लागेको देखिन्छ। घटनाको अनुसन्धान प्रक्रिया र अन्य पक्षहरू बारे यहाँ कोही–कसैलाई केही मतलव छैनकेवल आफ्नो च्यानलको भ्यूज बढाउने र डलरको खेती गर्न ध्याउन्नमा लागेका छन्।

यहाँ चलिरहेका सम्पूर्ण गतिविधिलाई नजिकबाट अवलोकन गरिरहेका नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्यको यो प्रवृत्तिलाई पत्रकारिताको खोल ओढेर समाजलाई अतिरञ्जित बनाउने कामका रूपमा परिभाषित गर्नुहुन्छ। वहाँको विचारमा जबरजस्ती करणीका घटनाहरू विगतमा पनि भइरहेका थिएतर यो काण्डमा भने चर्चित कलाकार नै मुछिएकाले अलि बढी प्रचारवाजी भएको हो। ‘हुन त पल चर्चित नायक भएर पनि होला। घटनाप्रति चासोचिन्ता र उत्सुकता हुनु स्वाभाविक भएता पनि अनुसन्धान प्रभावित पार्ने काम कसैले गर्नुहुँदैनआचार्यले भन्नुभयो, ‘तर यो घटनामा युट्यूवरहरूले भ्युज बढाउने नाउँमा अलि बढी नै गरेको जस्तो देखिएको छ। फेरि सबै त्यस्ता भने छैनन्। कतिपय युट्युवरहरू आफैँ न्यायाधीश बन्ने गरेको देखिएकाले समस्या सिर्जना गरेको अनुभूत भएको छ।

प्रहरी हिरासतमा रहेका शाहको जाहेरी उपर तनहुँ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानको यस चरणमा मुद्दालाई प्रभावित पार्ने गरी कुनै पनि किसिमको समाचार सम्प्रेषण गर्न कानूनले वर्जित गरेको छ। तरदमौलीमा आएका युट्युवरहरू आफैं अदालत खडा गरिरहेका छन् र  प्रहरी कार्यालय अगाडि धमाधम फैसला सुनाइरहेका छन्। युट्यूवर र टिकटकरहरूले पोष्ट गरेको भिडियामाथि गरिएका अधिकांश प्रतिक्रियाहरूमा निकै अश्लील र अशोभनीय भाषाको प्रयोग गरिएको पाइन्छ।

जिल्ला प्रहरी कार्यालय दमौली अगाडि युट्यूवरहरूको मेला नै लागेको छ। प्रहरी कार्यालय अगाडिबाट पल शाहले सुतेकोउठेकोखाएको भन्दै भिडियोहरू अपलोड भइरहेका छन्। उनका साथीसगोत्रीहरू मिडियामा आएर धरधरी रोइरहेका छन्। फेक सेन्टिमेन्ट बटुलिरहेका छन्। पीडितलाई आरोपित गराउने काम भइरहेको देखिएको हुँदा यस्तो कार्य दण्डनीय भएको इन्सेक तनहुँका प्रतिनिधि प्रकाशचन्द्र भट्टराई भन्नुहुन्छ।

भट्टराई भन्नुहुन्छ, ‘यो घटना कानुनी प्रक्रियामा गइसकेको हुँदाअदालतको निर्णयलाई प्रभावित गर्ने कुनै पनि गतिविधि गरिनु हुँदैन। यूट्युवर लगायत कसैले पनि घटनालाई उत्तेजित गर्ने र अनुसन्धान कार्यलाई प्रभावित गर्नु उचित हुँदैन्। सबैले अनुसन्धानको लागि प्रहरीलाई सहयोग गर्नु पर्छ र दोषीले कानुन अनुसार सजाय र पीडितले न्याय पाउनुपर्छ।    

पत्रकारको खोल आढेर बुम–माइक तेर्साइरहेका युट्युवरहरूले शाह पक्षबाट वकालत गर्ने वकिलले बोलेका विषयलाई समेत तोडमोड गरी अतिरञ्जित फैलाउने काम गरेका छन्। तर प्रहरी प्रशासनलाई अनुसन्धानमा वाधा पुग्ने गरी भइरहेको छ भने प्रशासन चाहिँ मूकदर्शक बनेर हेरिरहेको छ।

सर्वोच्च अदालतको न्याय प्रशासन सम्बन्धी ऐन २०७३ को दफा १७ को उपदफा १ मा आफ्नो र आफू मताहतका अदालतको न्याय सम्पादनमा अवरोध गरेमाफैसलाको अवज्ञा गरेका अदालतको अवहेलनामा कारबाही चलाउन सकिने उल्लेख छ। दोषी ठहर भएमा एक वर्षसम्म जेल सजाय र १० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ। यो विषयमा कानूनकै विरुद्धमा उभिएकाहरू विरुद्ध कसले बोल्ने आफैँ फैसला सुनाइरहेकाहरूलाई कानुनी घेरोमा ल्याउने कसले गम्भीर प्रश्न खडा भएको छ।

अभिनेता पल शाह विरुद्ध जाहेरी दर्ता भएपछिका गतिविधिहरूले पीडितलाई अझै पीडा दिने काम भइरहेको नेपाल बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी बताउनुहुन्छ। ‘नावालिगलाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी दर्ता भएपछि अहिले आरोपितलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ,’ सुवेदी भन्नुहुन्छ, ‘यस्ता घटनामा स्वतन्त्र रूपमा छानविन गर्न दिनुपर्छ र दोषीलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याउनुपर्छयसरी प्रविधिको दुरूपयोग गरी अनुसन्धान प्रक्रियालाई नै प्रभावित पार्न खोज्नु राम्रो होइन्।

अभिनेता शाहका विषयमा जुन रूपमा प्रविधिको प्रयोग गरी प्रचारबाजी भएको छ त्यसले समाजलाई पनि राम्रो सन्देश दिएको छैन। पीडितलाई थप पीडित बनाउने काम भएको छसुवेदी भन्नुहुन्छ, ‘यो प्रवृत्तिले यस्ता घटनामा सर्वसाधारणको पक्षमा कस्ले हेर्ने र बोल्ने भन्ने प्रश्न खडा गराएको छ।

आरोपित शाहको पक्षमा दैनिक जसो प्रहरी कार्यालय अगाडि नाराबाजीसमेत हुने गरेका छन्। नाबालिगमाथिको बलात्कार आरोपमा पक्राउ परेका शाहको पक्षमा प्लेकार्ड बोकेर नाबालिगहरूलाई नै उभ्याइएको छ र आरोपित निर्दोष रहेकोफसाइएको भन्दै नाराबाजी समेत गर्ने गरिएको छ। साह्रै विरक्तलाग्दा देखिने यस्ता दृश्यहरू प्रहरी कार्यालय अगाडि देखिइरहन्छन्। करणीसम्बन्धी कसुर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर–धम्की दिएर वा करकापमा पारेर अथवा कुनै किसिमको लेनदेन गरेर अपराध विरुद्ध उजुरी नगर्नजाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउनु वा गराउन खोज्नुलाई पनि कानूनले गम्भीर अपराध मानेको छ। कसुर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारका सदस्यबीच मिलापत्र गराउने वा त्यसका लागि दबाब दिने र अन्य कुनै किसिमको प्रभावमा पार्न खोज्नेलाई समेत कानूनले तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवामा हुने व्यवस्था अध्यादेशमार्फत गरेको छ।

तरदमौली आइपुगेका युट्युवरहरूलाई कानूनको मतलव छैन। उनीहरूको ध्यान पैसा र चर्चा बटुल्नेतर्फ मात्र केन्द्रित छ। पीडित कस्तो अवस्थामा छिन्उसको परिवार कस्तो तनावमा बाँचिरहेको छ आदि विषयमा युट्युवरहरूलाई कुनै सरोकार भएको देखिँदैन। यिनीहरूका यस्ता हर्कतहरूमा प्रहरी–प्रशासन पनि मौन देखिन्छ। आफ्नो कार्यालयअघि अनुसन्धानमा असर पुर्‍याइरहेका क्यामेराको भीडमाथि मूकदर्शक बनिरहेको छ। दमौली बजारका होटलहरू पाहुनाले भरिएका छन्। बजार र जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा दिनभर क्यामरा बोकेकाहरू यताउता गरिरहेका देखिन्छन्।

पक्राउ पुर्जी जारी भएपछि आफैँ आएका शाह गत आइतबारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनुहुन्छ। नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा कारबाहीका लागि उनीविरुद्ध गत बिहीबार जाहेरी दर्ता भएको थियो। ‘जिल्ला अदालतले ७ दिनको न्यायिक हिरासतमा राख्न दिएको अनुमतिपछि अनुसन्धान भइरहेको छउहाँ भन्नुहुन्छ, ‘अन्य थुनुवासँगै राखिएका शाह उपर अनुसन्धान जारी छजति सक्दो छिटो प्रक्रिया सकेर अदालतमा पेश गर्छौ। 

शाहलाई भेट्ने भन्दै उनका आफन्तसमर्थक र युट्युबरहरूको दिनहुँ भीड लाग्न थालेपछि प्रहरी हैरान छ। भीडले गत सोमबार शाहको पक्षमा नाराबाजी नै गरेको थियो। नाराबाजी गर्न लगाउँदै भिडियो खिच्नेहरूको भीड देखेर दमौलीका स्थानीय पनि हैरान छन्। कार्यालय परिसरमा अनधिकृत प्रवेश रोक्न प्रहरीले जनशक्ति थपेको छ भने भीड छेक्न मंगलबारदेखि मूल गेट अगाडि बाँसब्यारिकेट र डोरी लगाएको छ। आफन्त र कानुन व्यवसायीबाहेक अरूलाई शाहसँग भेटका लागि प्रवेश दिइएको छैन। हिरासतमा रहेकासँग परिवारका सदस्य र कानुनी सहयोगीले भेट्न पाउँछन्। तर उनीसँग सरोकारै नराख्नेहरू जो चर्चाको भोकमा काठमाडौँबाटै यूट्युवरसँगै बोकेर हिँडेका छन् उनीहरूले समेत पललाई भेट्न दिन दवाब दिँदै आएका छन्। / INS

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक