20220401

नेपालका प्रधानमन्त्रीले अचानक भारत भ्रम्रण किन गरेका होलान भनेर प्रश्न उठिरहेकै बेला उनको भारतीय जनता पार्टीको मुख्यालयको भ्रमणका कारण झनै बिबादित

 नेपालका प्रधानमन्त्रीले अचानक भारत भ्रम्रण किन गरेका होलान भनेर प्रश्न उठिरहेकै बेला उनको भारतीय जनता पार्टी को मुख्यालयको भ्रमणका कारण झनै बिबादित बनेको छ । यस अघि यस्तो कहिलै भएको थिएन ।   भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुगेका छन् ।

तीन दिनको भ्रमणका लागि आज भारत पुगेका देउवा विमानस्थलबाट विदेशमन्त्री एस जयशंकरसँग भेटपछि भाजपाको मुख्यालय पुगेका छन् । पार्टी कार्यालयमा देउवालाई भाजपाका अध्यक्ष जगत प्रकाश नड्डाले स्वागत गरेका थिए ।

५० सदस्य टोलीका साथ देउवा आज भारत भ्रमणमा गएका हुन् । उनले भोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यता  तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो ।

देउवा ५० सदस्यीय टोली लिएर भारत पुगेका छन् । उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसै बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए ।

अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला रु आएपछि सोध्नुपर्ला ।

आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । ुयुवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ, ओलीले भने ।एमालेको हरुवा बानी नभएको उनको भनाइ छ । एमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी होइन् । हामी जितेर देश बनाउँछौं, ओलीले भने ।

सामाजिक अभियान्ताको जागरण ल्याउनुपर्नेमा उनले जोड दिए । हामीले सामाजिक अभियान्ताको जागरणका रूपमा काम गर्नुपर्छ । व्यक्ति व्यक्तिका बीचमा गएर हरेक क्षेत्रमा एड्भान्सपन ल्याउनुपर्छ । वैज्ञानिक चेत हामीले फैलाउनुपर्छ,ओलीले भने । माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्‍याउने छुट अब कसैलाई नरहेको उनले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक