20220424

जता पनि लाजनीति हाबी, जनता र देशको राजनीति खोइ ?

नेपालमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ । नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजित भएको हो । विभाजनसँगै स्थानीयतहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (विपी) ले डडेल्धुरामा छुट्टा–छुट्टै उमेदवारी दर्ता गर्ने भएका छन् ।

नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डेडेल्धुरा जिल्लाको प्रदेश खबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्लपक्ष नेपाली कांग्रेस विपीबाट स्थानीय तहमा उमेदवारी दिने तयारीमा जुटेको हो । नेपाली कांग्रेसका केन्द्रीय सभापति देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरु नेपाली कांग्रेस (विपी) बाट स्थानीयतहको निर्वाचनमा जानु परेको विद्यार्थी नेता तेजराज भट्टले बताउनु भयो । 'नेपाली कांग्रेसबाट उमेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रिय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरु नेपाली कांग्रेस ९विपीण्बाट चुनावी मैदानमा जाने तयारी गरेका हौ'  महिला नेतृ कमला बिष्टले बताउनु भयो । जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उमेदवारी दर्ता गर्ने तयारी रहेको र जिल्लामा अन्यदलहरु संग तालमेलको प्रयासहरु पनि भइरहेकाले भोलि मात्रै उमेदवारी दर्ता गरिने नेपाली कांग्रेस विपीका जिल्ला संयोजक तिलक हमालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस बाहेकका जुनसुकै दलहरुसंग तालमेल हुनसक्ने संयोजक हमालको भनाइ थियो ।  देशभरी गठबन्धनमा रहेका दलहरुले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरे पश्चात नेपाली कांग्रेस छाडेर कांग्रेस विपीबाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरा कांग्रेस संकटमा परेको छ । उता सुर्खेतको त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पामा नेकपा माओवादी केन्द्रबाट दिलबहादुर विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले कांग्रेस परित्याग गरेको एक घण्टाभित्र टिकट पाउनु भएको हो ।

नेता कार्यकर्ता र शुभचिन्तकसहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिका पुगेर नेता विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । शनिबार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको विष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिनुभएको थियो । नेता विष्टलाई माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामलाल बिक, केन्द्रीय सदस्य काली चलाउने, प्रदेश सभा सदस्य वीरबहादुर शाहीलगायतले स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता विष्टले कांग्रेस सामन्तवाद र पुँजीपति वर्गको पार्टीको भएको बताउँदै माओवादी सर्वहारा वर्गको पार्टी भएकाले सबैले सहयोग गर्न आह्वान गर्नुभयो । लामोसमय कांग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीका लागि ठूलो त्याग गर्दै आए पनि अन्तिम अवस्थामा पार्टीले अन्तर्घात गरेपछि विकल्प रोज्न बाध्य भएको उहाँले बताउनु भयो ।

नेता विष्ट जनमत भएका प्रभावशाली नेताको रूपमा परिचित हुनुहुन्छ । पहिलो स्थानीय तहको चुनावमा नगर प्रमुख पदमा झिनो मतान्तरले पराजय भोग्नुभएको विष्ट विगत २९ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । विसं २०५२ सालमा कांग्रेस पार्टी सभापतिसमेत हुनु भएको थियो ।

विष्टकी श्रीमती दिलमाया विष्ट पनि महिला संघ जिल्ला अध्यक्षबाट राजीनामा दिएर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेता कार्यकर्ताको दबाब भएकाले उम्मेदवारी दिनुका साथै आफ्नो जित सुनिश्चित भएको विष्टले दाबी गर्नुभयो ।

यसै बिच भक्तपुरमा सत्तागठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि भागबन्डामा सहमति भएको छ । आइतबार भएको सहमति अनुसार तीन वटा नगपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हुने छन् । साथै तीनमध्ये दुई वटा नगरपालिकाको उपमेयर नेकपा एसलाई र एउटा उपमेयर नेकपा माआवादी केन्द्रलाई दिने सहमति भएको हो । मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाको मेयर कांग्रेसलाई दिने सहमति गठबन्धनमा भएको छ । भक्तपुर र सूर्यविनायकको उपप्रमुख एसलाई र मध्यपुरको उपप्रमुख माओवादीलाई दिने गठबन्धनमा सहमति भएको हो । जिल्लाका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकाबाहेकका अन्य तीन वटा नगपालिकाहरुमा मात्र गठबन्धनबीच सहमति भएको हो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक