20220424

नाइजिरियामा कम्तीमा एक सय जनाको मृत्यु, युक्रेनमा हालसम्म ६० अर्ब डलर नोक्सान, मारिउपोल शहरलाई कब्जामा लिन सफल भएको रुसी दावी

 दक्षिणी नाइजिरियाको इमो राज्यमा अवैध रुपमा सञ्चालित तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ ।  कयौं कामदार घाइते भएका छन् । विष्फोटका समय सो केन्द्रमा कति कामदारले काम गरिरहेका थिए भन्ने यकिन नहुँदा घटनामा कति हताहती भयो भन्ने यकिन हुन नसकेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  पछिल्लो समय चरम गरिबी र बेरोजगारीका कारण दक्षिणी नाइजिरियामा अवैध खनिज

तेलको प्रशोधन केन्द्र बढ्दै गएका छन् । पर्याप्त सुरक्षा बिनै प्रशोधन केन्द्र सञ्चालन गर्दा विष्फोटका घटना समेत बढीरहेको बीबीसीले जनाएको छ ।

उता रुसको निरन्तर आक्रमणका कारण युक्रेनमा हालसम्म ६० अर्ब डलर नोक्सान भएको विश्व वैकले जनाएको छ । विश्व बैंकका अध्यक्ष डेविड आर मालपासले सो तथ्यांक सार्वजनिक गर्नु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत फेब्रुअरी २४ बाट रुसले युक्रेनमा निरन्तर आत्रमण गर्दै आएको छ । दुई देशबीचको युद्ध नरोकिएकाले ुक्रेनमा अझैं ठूलो क्षति हुने विश्व बैंकको अनुमान छ । यसैबिच राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धका कारण युक्रेनको आर्थिक अवस्था नाजुक बन्दै गएको बताउनु भएको छ । देशको आर्थिक अवस्था सुधार्नका लागि प्रत्येक महिना ७ अर्ब डलर आवश्यक पर्ने राष्ट्रपति जेलेन्स्कीको भनाई छ । यस्तै युद्धबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निमाणका लागि सयौं अर्ब डलर आवश्यक पर्ने उहाँले बताउनु भएको छ ।

यसै बिच युक्रेनको मारिउपोल शहरलाई कब्जामा लिन सफल भएको रुसले दावी गरेको छ । रुसी सरकारी मिडियाले मारिउपोल शहरलाई कब्जामा लिन सफल भएको दाबी गरेको हो । यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोलमा सफलता हासिल गरेको भन्दै रक्षामन्त्री सर्गेई शोइगुलाई बधाई दिनु भएको छ । यता रुसी सेनाहरुले सो शहरमा रहेको स्टिल प्लान्टबाहेक सबै कब्जा गर्न सफल भएको दावी गरेको छ । सो स्टिल प्लान्टलाई पनि कब्जा गर्न राष्ट्रपति पुटिनले आदेश दिनु भएको छ । सो स्थानमा करिब एक हजार युक्रेनी नागरिकहरु निकै कठिन परिस्थितिमा बसीरहेको बीबीसीले जनाएको छ ।  


 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक