20220408

बिकल्प खोजेकाछन जनता तर लोकतन्त्रका नाममा मौलाएको लुटतन्त्र र गणतन्त्रका नाममा मौलाएको गलगाण तन्त्रको जरो अझै हल्लिएको छैन है ! जुलुश र आमसभामामा भिड देखेर धेरै दङ्ग नपर !

 लोकतन्त्रका नाममा मौलाएको लुटतन्त्र र गणतन्त्रका नाममा मौलाएको गलगाण तन्त्रको जरो अझै हल्लिएको छैन है ! जुलुश र आमसभामामा भिड देखेर धेरै दङ्ग नपर ! फेसबुकमा फोटा पोस्ट्याएर र जन लहर छ भनेर मात्र हुन्न है । यो कुरा रा.प्र.पा लाई पनि भन्नै पर्ने भएको छ । जुलुस र सभामा आउने भिड पनि एउटा मुल्याङ्कनको आधार त हो तर त्यही नै सबै कुरा होइन है । चुनाव जित्न कि बाकसमा भोट खस्नु पर्छ कि त अपराधहरुका सरदार प्रचण्डले झैं बाकस साट्न र भरतपुरमा जस्तै बितण्डा मच्याउन सक्नुपर्छ नत्र २०५४ सालको माले पार्टीको हबिगत पनि बेहोर्न तयार हुनुपर्छ । राजेन्द्र लिङ्देलले अबस्य यो कुरा बुझेकै होलान । एमाले, माओवादी, काँग्रेस, मधेशबादी दलहरुको जालो, भ्रम, जालझेलले जनता वाक्क दिक्क छन तर यसलाई चिर्न जनताकै घर दैलो जानु पर्छ, जनताकै मन जित्नु पर्छ । नत्र खुल्ला मँचका आमसभा र शहर बजार मा निस्किने जुलुशले चुनाव जिताउँदैनन । रा.प्र.पा को भर्खरै काठमाडौंमा सम्पन्न जुलुश र सभाका केही तस्विरहरु जो आफै समाचार बोल्छन :   

                              

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक