20220408

सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न गभर्नरलाई लिनम्बन गरेर उल्टो बाटो तय गरेको टिप्पणी अर्थ मन्त्रालयकै उच्च अधिकारीहरुले गरे

 नेपालमा देउबा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सुरुदेखि नै अधिकारीप्रति नकारात्मक धारणा राख्दै आएका थिए । मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक पटक लिखित र मौखिक सुझाव दिँदै आएका अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएर डेपुटी गभर्नर निलम ढुंगानालाई कामु जिम्मा दिएको छ । मन्त्रिपरिषद्को बिहीबारकै बैठकको निर्णयमा निलम्बनको ब्यहोरा मिलाइएको स्रोतले जनाएको छ । बैठकले उनीमाथि छानबिनको निर्णय गरेको बताइएको छ । अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालीन केपी ओली सरकारले गभर्नर नियुक्त गरेको थियो । सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका जनार्दन शर्माको अधिकारीसँग सम्वन्ध राम्रो बन्न सकेको थिएन । सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न गभर्नरलाई लिनम्बन गरेर उल्टो बाटो तय गरेको टिप्पणी अर्थ मन्त्रालयकै उच्च अधिकारीहरुले गरेका छन् । गभर्नर अधिकरीले पटकपटक अर्थ मन्त्रालयलाई सम्भावित संकटबारे जानकारी दिँदै सुधारका उपायहरु समेत सुझाइरहेका थिए । प्रधानमन्त्रीमाथि अर्थमन्त्री फेर्न दबाब परिरहेका बेला गभर्नरलाई निलम्बन गरेर विषयान्तर गर्न खोजिएको कतिपयले बताएका छन् । तर यसले अर्थतन्त्र र बजारमा झनै नकारात्मक असर पर्ने आशंका छ । चुनावको मुखमा सरकारले एकपछि अर्को विवादस्पद निर्णय गरेको भन्दै गठबन्धनमै असन्तुष्टी बढ्न थालेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक