20220413

केपी ओलीको एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी गठबन्धन

कसैसँग गठबन्धन गर्दैन एमाले, एक्लै चुनाव लड्छ, निर्वाचन आयोगमा दर्ता भएका सबै दल एक भएर आए हुन्छ एमाले सँग लड्न भन्दै अरुलाई ललकार्ने केपी ओलीको एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । चुनावी गठबन्धनका लागि भएको सहमति अनुसार अब एमाले र राप्रपा नेपालबीच तालमेल गर्दै राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । 

 




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक