20220413

"पाँच दलीय गठबन्धनलाई ‘अपवित्र गठबन्धन’, हामी देउवाका रैती होइनौं, कांग्रेस एक्लै चुनाव लड्छ"

 नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवासँग र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को टोलीले भेटवार्ता गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तह निर्वाचन’ को बिषयमा कुराकानी भएको छ ।

सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, तथा नेकपाका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए । भेटमा मुख्यगरी सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा उल्लेखित विभिन्न आरोपमा जेलमा रहेका नेकपामा नेता कार्यकर्ताको रिहाइ र अदालतमा रहेका मुद्दा फिर्ता’bout कुराकानी भएको थियो । नेकपाका नेताहरूले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुंगोमा पु-याउन आग्रह गरेका थिए । नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाले बताएका थिए ।

सरकारले यसअघि भएका पटक–पटकका वार्तामा नेकपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो । त्यसपछि नेकपाको केही दिनअघि कपिलबस्तुमा सम्पन्न बैठकले बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचनलाई प्रयोग गर्ने निर्णय गरेको थियो । वार्तामा नेकपा बैठकको निर्णय अनुरुप निर्वाचनमा भाग लिएमा सहजीकरण गर्न सरकार तयार रहेको सरकारी पक्षले बताएको थियो ।  वार्तामा सरकारी पक्षले नेकपा निर्वाचनमा माग लिने भएमा निर्वाचन आयोगमा दल दर्ता, बन्दी नेता कार्यकर्ता रिहाइ, छुट मतदाता नामावली थप गर्न पहल गर्न सकिने बताएको थियो ।

सरकारी पक्षले स्थानीय निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिले स्थानीय गाँउ ठाँउको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, जनतालाई शक्तिशाली बनाउने विकास र शक्तिको केन्द्र जनताको घर आगन हुने हुँदा सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनु उपयुक्त हुने भन्दै नेकपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो ।  नेकपाका तर्फबाट वार्तामा सहभागी नेताहरूले आफूहरू सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्लवयन भएमा निर्वाचनमा सहभागी हुन आफूहरू तयार रहेको बताएका थिए ।

नेकपा र तत्कालीन सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । सहमतिमा दुवै पक्षले राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेकपाका नेता कार्यकर्ता रिहाइ र मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरिसकेको छ । खण गृहमन्त्रीमा नियुक्त भएपछि नेकपासँग भएको सहमति कार्यान्वयनका लागि पटक–पटक वार्ता गरिरहनु भएको छ । वार्ता सकारात्मक रूपमा अघि बढेको र केही दिनमै ठोस विन्दुमा पुग्ने दुबै पक्षले बताएका छन् ।

यसै बिच पाँच दलीय गठबन्धनलाई ‘अपवित्र गठबन्धन’को संज्ञा दिंदै नेपाली कांग्रेस वीरगन्ज महानगरका अधिकाश समितिले गठबन्धनको उमेद्वारलाई साथ नदिने बताएका छन् । वीरगन्जका संचारकर्मी सामु बुधबार समितिका सभापतिहरु उपस्थित भई यस्तो बताएका हुन् । सहभागी मध्ये केही नेताहरुले ‘हामी सेरबहादुर देउवाको रैती हैनौ भन्दै बिद्रोह गर्ने चेतावनी समेत दिए ।

‘आफैमा ऐतिहासिक पार्टी नेपाली कांग्रेस कसैको बैशाखी टेकेर निर्वाचनमा जाँदैन ।’ सहभागीले भने । नेपाली काँग्रसको महानगर समिति, क्षेत्रीय समिति, जिल्लाको क्षेत्र नम्बर १ र २ दुवै प्रदेशका सभापतिहरु सहभागी कार्यक्रममा केन्द्रको अपवित्र गठबन्धनलाई स्वीकार्न नसकिने बताए । आफुहरुको सुझावलाई पार्टीले अटेर गरी अगाडी बढे विद्रोह गरेर जाने उनीहरुको दावी छ ।

मधेश प्रदेशको एकमात्र महानगर वीरगन्जका ३२ वटै बुध कमिटिका सभापतिहरुले समेत महानगर कमिटिलाई लिखित सुझाव दिंदै गठबन्धनकापछि नलाग्न भनेको छ । ‘त्यो सुझाव समेत सम्बन्धित कमिटिमा पठाइसक्यौं ।’ महानगर नगरकमिटिका सभापति मणिन्द्रलाल नेपालीले भने ‘यदि काँग्रस महानगरनगर कमिटी लगायत तल्लो तहका सुझाव केन्द्रले सुनेन भने हामी केन्द्रको निर्णयलाई पनि मान्न बाध्य हुँदैनौें ।’ आन्तरिक रुपमा सुझाव पेश गर्ने ठाउँहरु सबैतिर पठाइएको बताउदै पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ताले ती सुझाव काम नलाग्ने भए गठबन्धनको कुरा पनि मान्न बाध्य नहुने बताए ।

बिसं २०४८ पछि यसपाली पार्टीको अवस्था राम्रो रहेको वीरगन्ज महानगर कमिटि सभापति नेपालीले बताए । वीरगन्ज महानगरमा गठबन्धनका नाममा अपवित्र गठबन्धनका उमेद्वार बोकेर हिड्न नेपाली कांग्रेस बाध्य नहुने नेपाली काँग्रेस वीरगन्ज महानगर कमिटिका उप सभापति सन्तोष गुप्ताको भनाई छ ।

‘यो पटक नेपाली काँग्रेसको उमेद्वार एक्लैले जित्नेमा हामी विश्वास छौं । यस्तो समयमा गठबन्धन गरी गलत बाटोबाट हिड्न सकिन्न ।’ कांग्रेसका पर्सा क्षेत्र नम्बर १ र २ का प्रदेश कमिटि सभापतिहरुले तर्क गरे । नेपाली काँग्रेसका पुराना नेता राजकृष्ण अमात्यले स्थानीय चुनाव जस्तो चुनावमा गठबन्धन गरेर पार्टी अगाडी बढ्नु प्रजातान्त्रिक मूल्य मान्यता विपरित हुने बताए । उनले भने ‘हरेक पार्टीको हैसियत मापन हुने अधिकार कुण्ठित हुने बाटोमा कांग्रेसले हिड्नु हुँदैन । यो निर्वाचन एक्लाएक्लै हिड्न पर्छ ।’

उता नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् ।

भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद कांग्रेसले पाउनुपर्ने बताए । सहमहामन्त्री जीवन परियारले पोखरा अहिले कांग्रेसको अनुकुलमा रहेको रिपोर्टिङ गरेका छन् । तर, अर्काथरिले भने मेयर समाजवादीलाई दिन सकिने रिपोर्टिङ पनि गरेको श्रोतले बतायो । विशेषगरी व्यापारिक घरानाले यस्तो छलफल गरेका हुन् ।

भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रतिक्रिया दिएका थिए । ‘कुरा नै भएको छैन । छलफल भएकै छैन । बाहिरको कुरामा विश्वास नगर्नुस्,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तपाईंहरू अरुको कुरा सुनेर धारणा बनाउनुहुन्छ । समाचारमा सत्यता छैन ।’

उनले पोखरामा एक्लै चुनाव जित्ने आधार खोजेका थिए । ‘गठबन्धन नगर्ने भन्नुहुन्छ । एक्लै चुनाव जित्ने आधार के छ ? पहिले एक्लै चुनाव लडेको होइन ? के हालत भयो ?,’ देउवाले अघि भने, ‘गठबन्धन गर्नुपर्छ । हामीले मेयर पाउँदा को हो उम्मेद्‌वार ? सहमतिबाट टुंग्याउन सक्नुहुन्छ ?’ देउवा भेट्न गएका टोलीमध्ये अधिकांशले आफैँले टिकट पाउनुपर्ने आन्तरिक लविङसमेत गरेका थिए । बाहिर भने एकीकृत समाजवालीले मेयरको टिकट पाउने चर्चा चलेको छ । त्यसमा कुनै सत्यता नरहेको देउवाले बताएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक