20220501

आईजीमा सिंह रोलक्रम मिचेर नियुक्त, प्रधानमन्त्री देउबाको अर्को नालायकी पनले प्रहरी संगठनमा फेरी भाँड भैलो, दुई एआइजी अदालत, आइजिपी नियुक्ती उल्टिन सक्छ !

 सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई बढुवा

नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा धीरजप्रताप सिंहलाई रोलक्रम मिचेर सरकारले नियुक्त गरेको छ । करोडौंको मोलमोलाई भैरहेको छ भन्ने हल्लाका बिच आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपी बढुवा गर्ने निर्णय गरेको हो । सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले सिंहलाई आईजी बनाएको हो । यसले नेपाल प्रहरिको संगठनमा भाँड भैलो मच्चिएको छ । 
सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोख्रेल र सहकुल थापा अदालत जाने तयारी गरेका छन् ।

एकै ब्याच भए पनि आफूभन्दा कनिष्टलाई आईजीपी बनाइएको भन्दै एआईजीद्वय पोख्रेल र थापा अदालत जाने तयारी गरेका हुन् । पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए । आफूहरू वरिष्ठ हुँदाहुँदै कनिष्टलाई आईजीपी बनाइएको भन्दै कानुनी प्रक्रियामा जाने उनीहरूले बताए ।

स्मरणीय कुरा यो छ कि त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाए । १ फागुन २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले दुई वरिष्ठ डीआईजीहरूलाई पाँखा लगाउँदै चन्दलाई आईजीपीमा नियुक्त गरेको थियो । पहिलो नम्बरमा थिए, डीआईजी नवराज सिलवाल । त्यस्तै दोस्रो नम्बरमा थिए, प्रकाश अर्याल । तर, देउवाले तेस्रो नम्बरमा रहेका चन्दलाई आईजीपी बनाईदिए ।


सरकारकाे निर्णयविरूद्ध डीआईजी सिलवाल अदालत गए । सर्वोच्च अदालतमा उनले आफूलाई आईजीपीमा नियुक्त गर्नुपर्ने र चन्दको नियुक्ति खारेजीको माग गरे । सर्वोच्च अदालतले ८ चैत २०७३ मा चन्दको नियुक्ति खारेजी गरिदियो । प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंन्हा रहेको पूर्ण इजलासले आईजीपी नियुक्तिसम्बन्धी सरकारको निर्णय बदर गर्ने आदेश दियो ।


सर्वोच्चको आदेशमा भनिएको थियो,– ‘…पहिलो, दोस्रो र चौथो वरीयताक्रमका व्यक्तिका सम्बन्धमा कुनै पनि कुरा उल्लेख नै नगरी (मानौ नेपाल प्रहरीमा एकजना मात्र प्रहरी नायव महानिरीक्षक रहेको जस्तो प्रतीत हुने गरी) जयबहादुर चन्दको नाम मात्र उल्लेख गर्नु आफैंमा पिक एन्ड चुज को अनौठौ नमुना बनेको छ । यस प्रकारको स्वेच्छाचारी छनाेट गर्न कानुनले अनुमति दिँदैन् ।’

‘नेपाल प्रहरीका बहालवाला प्रहरी नायव महानिरीक्षकहरूमध्येका योग्यतम् तथा विगत चार आवको कार्यसम्पादन मूल्यांकनमा प्रतिस्पर्धीहरूमध्ये औसत उच्चतम अंक प्राप्त गरेका व्यक्तिलाई प्रहरी महानिरीक्षक पदमा तत्काल नियुक्त गर्नु गराउनु भनी विपक्षीमध्येका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय समेतका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ,’ सर्वोच्चको आदेशमा उल्लेख थियो । सर्वोच्चको आदेशसँगै चन्द डीआईजीमै घटुवा भए । दोस्रो नम्बरमा रहेका प्रकाश अर्याल आईजीपी बने । पहिलो नम्बरमा रहेका नवराज सिलवाल पुनः सर्वोच्च पुगे । सर्वोच्चले सरकारले गरेको निर्णय सदर गरेपछि डीआईजीबाटै राजीनामा दिए । र, एमाले प्रवेश गरे ।

तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले वरीयताक्रम मिच्न नहुने अडान लिएका थिए । उनको पक्षमा तत्कालीन सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । तर, देउवा भने जसरी पनि चन्दलाई आईजीपी बनाउने अडानमा रहे । अन्ततः उनले गृह मन्त्रालयको प्रस्ताव लत्याउँदै चन्दलाई आईजीपी बनाए । पछि अदालतले उनको निर्णय उल्ट्याइदियो ।त्यो घटनाबाट देउवाले ठूलै पाठ सिक्नुपर्ने थियो । तर, अहिले फेरि त्यही प्रकरणको झझल्को दिएका छन् । प्रधानमन्त्री देउवाको ठाडो प्रस्तावमा नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरिएको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले दिएको सिफारिसलाई लत्याउँदै सिंहलाई नियुक्त गरेका हुन् । देउवाको ठाडो प्रस्तावका अगाडि मन्त्रिपरिषद्का कुनै सदस्यको केही चलेन । देउवाले सिंहलाई आईजीपी नियुक्त गरेको विषयमा भने गृहमन्त्री बालकृष्ण खाँण असन्तुष्ट देखिएका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार गृहको प्रस्तावलाई अस्वीकार गर्दै देउवाको ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको हो । गृह मन्त्रालयले पहिलो नम्बरमा एआईजी विश्वराज पोखरेल, दोस्रो नम्बरमा सहकुलबहादुर थापा, तेस्रो नम्बरमा धिरजप्रताप सिंह र चौथो नम्बरमा रवीन्द्र धानुक थिए । तर, देउवाले आफ्नै गृहजिल्लाका सिंहलाई आईजीपी बनाएका हुन् । गृह मन्त्रालयको उक्त सिफारिस लत्याउँदै देउवाले मन्त्रिपरिषद् बैठकमा सिंहलाई आईजीपी बनाउने निर्णय सुनाएका थिए ।यसअघिको घटनाबाट पाठ नसिकेका देउवाका लागि फेरि अदालती झमेलामा पर्ने देखिएका छन् ।

आईजीपी नियुक्तिमा सिंहभन्दा सिनियर दुई एआईजी असन्तुष्ट देखिएका छन् । उनीहरू अदालत जाने तयारीमा छन् । त्यसका लागि छलफल भइरहेको र सम्भवतः भोलिसम्म सर्वोच्च अदालतमा मुद्दा दायर गरिनेछ । त्यसका लागि आवश्यक छलफल तथा तयारी भइरहेको असन्तुष्ट एक एआईजीले बताए । यसअघिको घटनाबाट पाठ सिकेर देउवाले आफ्नो मान्छे भन्दा वरीयताक्रमअनुसार पहिलो नम्बरमा रहेकालाई आईजीपी बनाउन सक्नुपर्थ्याे । अदालतले उनको निर्णय खारेज गरिदियो भने देउवालाई नैतिक संकट आइलाग्न सक्छ ।

यसै बिच सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई बढुवा गरिएको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । अर्याल वैशाख १४ गते एआईजीपीमा बढुवा भएसँगै आईजीपीका एकल दाबेदार थिए । सशस्त्र प्रहरी बलमा एआईजीबाट मात्रै आईजीपी बनाउने प्रावधान छ ।  

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक