20220518

लाजनीति : एमाले र माओवादी दोस्रो तहका नेताहरू मार्फत फेरी एकता गर्न भन्दै वार्ता, यहाँ जुन पनि बेला, जे पनि हुन सक्छ !

 एमाले र माओवादी दोस्रो तहका नेताहरू मार्फत फेरी एकता गर्न भन्दै वार्ता सुरु भैसकेको विश्वस्त श्रोतबाट जानकारी आयो । फेरी बाम एकताको नाममा ओली, प्रचण्डहरू एउटै टेबलमा कुर्सी जोडेर कुम ठोकाउँदै बसेको, पहिले जस्तै फेरी टाँसिएको र २ पाइलट बनेर जहाज उडाउन लाग्यौं भन्ने र हामीले देख्ने दिन आउन सक्छन् । यहाँ जुन पनि बेला, जे पनि हुन सक्छ किनकि यो राजनीति होइन लाजनीति हो, राजनीतिक वेश्यावृत्ति हो । राजनीतिक वेश्यावृत्तिमा जे पनि हुन सक्छ । विगतमा देखेकै हो अहिले भर्खरै सम्पन्न चुनाव मा पनि को को सँग कसरी जोडिए, नारिए देख्ने लाई चेतना भया ।

अब समाचार बिस्तारमा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउने पहल सुरु भएको छ । स्थानीय निर्वाचनको परिणाम देशभरबाट आउँदै गर्दा दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरुले यस्तो पहल सुरु गरेका हुन् । चुनावी परिणामप्रति सबैभन्दा बढी असन्तुष्टि माओवादीमा देखिएको छ । माओवादी नेताहरु खुलेआम काँग्रेसबाट धोका भएको भन्न थालेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आज ट्वीट गर्दै वाम एकताको सम्भावना औल्याएका छन् । उनले एमालेले समिक्षा गरेमा धेरै सम्भावनाहरु भएको बताए । माओवादी नेता वर्षमान पुन प्रचण्ड र ओलीबीचको सहमति बनाउन निरन्तर लागिरहेका छन् ।

यसअघि प्रचण्डले भरतपुरको सभामा बोल्दै माओवादीलाई मत नदिएर टेन्सन नदिन चेतावनी दिएका थिए । उनले घुमाउरो तरिकाले गठबन्धन नै तोड्न सक्ने समेत बताएका थिए । यसले राजनीतिकवृत्तमा तरङ्ग ल्याएको थियो । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल समेत गठबन्धनबीचको तालमेलमा धोका भएको भन्दै असन्तुष्ट छन् । उनले गठबन्धनबारे पुनः विचार गर्ने समेत बताएका छन् । खनालले एमालेसँग पुनः एकताको सम्भावना औल्याए । गठबन्धनबीच चुनावी तालमेलले नेपाली काँग्रेसलाई सबैभन्दा फाइदा पुगेको छ । काँग्रेसले ७५३ पालिकामा ३ सय कटाउने निश्चितप्रायः छ । एमाले २ सयको हाराहारीमा पुग्ने देखिन्छ । माओवादी भने एक सय कटाएर तेस्रो स्थानमा रहने देखिएको छ ।

नेकपा एसले भने आशा गरेभन्दा कम पालिका जित्ने देखिदैछ । एसले २० को हाराहारीमा पालिका जित्ने सम्भावना छ । यसकारण पनि माधव नेपाल र झलनाथ खनाल असन्तुष्ट बनेका छन् । यो असन्तुष्टिले वामपन्थीहरुलाई पुनः एक ठाउँमा ल्याउने अवस्था सृजना गर्न थालेको छ । यसमा एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

************

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक