20220506

रुकुममा माओवादी कार्यकर्ताले एमालेका एक कार्यकर्तालाई दाँतै झर्ने गरी कुटपिट, ताली, गाली र पारा देख्दा लाग्छ यी सबै एउटै ड्याङ्गका मुलाहरु हुन, फरक नाम मात्रै छ !

 स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिल्ला जिल्लामा कुटाकुटका घटनाहरुका समाचार पनि आउन थालेका छन । पश्चिम रुकुममा माओवादी कार्यकर्ताले एमालेका एक कार्यकर्तालाई दाँतै झर्ने गरी कुटपिट गरेका छन्। त्रिवेणी गाँउपालिका–८ का कृष्णबहादुर खडकालाई रक्ताम्य हुने गरी माओवादी कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले बताए। अन्नपूर्णका अनुसार  माओवादीको युवा दस्ता वाइसिएल कार्यकर्ताको मुक्का प्रहारबाट घाइते खड्काको अगाडिको दाँतसमेत झरेको डिएसपी खड्काले बताए। घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ। बुधबार र बिहीबार सोही ठाँउमा वाइसिएलले कांग्रेस कार्यकर्ता कुटपिट गरेका थिए। कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो। माओवादीले नेपाली कांग्रेसका त्रिवेणी गाँउपालिकाका उम्मेदवार अमरसिंह खड्काको गाडी तोडफोड गरिदिएपछि झडप भएको हो।

त्रिवेणी–९ नुवाकोटस्थित प्रहरी चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुढा गरेका थिए। कांग्रेस कार्यकर्तालाई वाइसिएलले लखेटेपछि ज्यान जोगाउन चौकीभित्र छिरेका उनीहरुलाई वाइसिएल कार्यकर्ताले बाहिर निकाल्न भनेका थिए। कांग्रेस कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका हुन्। कांग्रेसका १३ जना कार्यकर्ता मद्धतका लागि चौकीमा पुगेका थिए। घटनास्थल सदरमुकाम खलंगा मुसिकोटबाट गाडीमा दुई तिन घण्टाको दूरीमा पर्छ। रुकुम पश्चिममा कांग्रेस र एमालेको तालमेल छ भने माओवादी एक्लै चुनावी मैदानमा उत्रिएको छ।

नेपाली कांग्रेसका सभापति एबम प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताएका छन् । देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको बताए । ‘मलाई पार्टी सभापति बनाएर सर्वाधिकार दिएका छन् । केन्द्रीय सदस्यको बहुमतले पनि गठबन्धन गर्ने कुरामा सहमति जनाएको हो । अहिले किन गठबन्धन चाहिँदैन भनिरहेका छन् । हाम्रै साथीहरूले बखेडा झिकिरहेका छन्,’ देउवाले भने ।

देउवाले चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई उम्मेदवार बनाउन आफूले भनेको बताएका छन् । सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भरतपुरको मेयरमा रेनुलाई उम्मेदवार बनाउन आफूले भनेको बताएका हुन् । काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई र भरतपुर महानगरपालिकामा दाहाललाई उम्मेदवार बनाउन आफूले भनेको देउवाको भनाइ थियो । सत्तारुढ गठबन्धन लामो समयसम्म लानका लागि आफू तयार भएको र संविधानको वर्तमान निर्वाचन प्रणालीअनुसार कसैले बहुमत नल्याउने भएकाले सँगै अगाडि बढ्नुपर्ने उनले बताए । '

'भोलि पनि गठबन्धन हुन्छ । अहिलेको गठबन्धन सजिलो छ । प्रचण्डजी त धेरै लचिलो हुनुहुन्छ । झगडा भयो भने भैहाल्यो भन्नुहुन्छ । हामी सबैले तपाईंको छोरी नउठाउनुस् भनेको भए मान्नुहुन्थ्यो,' देउवाले भने, 'मैले राम्रो काम गरेको छ टिकट दिनुस् भनेको हो, मैले भनेको हो । मैले भने, हेर्नुस् राम्रो काम गरेको महिलालाई उम्मेदवारी दिनुस् भनेको हो ।'

काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन प्रकाशमान डराएको पनि देउवाको भनाइ थियो । 'यहाँ पनि प्रकाशमान डराएका थिए । क्याहो, क्याहो स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै हुनुहुन्थ्यो,' देउवाले भने । पुष्पकमल दाहालको छोरी भएर जन्मिनु रेनु दाहालको र प्रकाशमान सिंहकी श्रीमती हुनु सिर्जना सिंहको गल्ती नभएको देउवाको भनाइ थियो ।

चितवनमा विकासका राम्रा काम भएकाले फेरि रेनुलाई जिताउनुपर्ने देउवाको भनाइ थियो । त्यस्तै, काठमाडौंमा यातायात, फोहोरको समस्या समाधन गर्न सिर्जना संहले प्रतिबद्धता गरेकाले गठबन्धनले जिताउनुपर्ने उनले बताए ।

काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गरे । ‘काठमाडौंमा सृजना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने ।

सृजना सिंहका आमा बुबाले बिहे गरेर प्रकाशमान सिंहलाई दिएको भन्दै त्यसमा विरोध गर्ने काम बन्द गर्न सबैमा अनुरोध गरे । ‘अब सृजनाका आमाबुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून बिचारीले । प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दियो भने बखेडा झिकेर हुन्छ ?,’ उनले प्रश्न गरे ।

आफ्नो मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाइएको स्मरण गराउँदै अहिले आएर धेरै निहूँ खोज्ने काम भइरहेको बताए । अहिलेको अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनअनुसार नै अगाडि बढ्नुपर्ने उनले बताए ।

काठमाडौंमा सृजनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै आफूले नै टिकट दिनुपर्छ भन्दै अगाडि बढेको बताए । चितवनमा रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै उनले भने, ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त । तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’

यसै बिच सत्तारुढ पाँच दलीय गठबन्धनले शुक्रबार निर्वाचन आचारसंहित, २०७८ को उल्लघंन गर्दै राजधानी काठमाडौंमा सभाको आयोजना गरेका छन् ।

वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरी आज रत्नपार्क र शान्तिवाटिकाको बीच सडकमा पाँच दलले सभाको आयोजना गरेका छन् ।

सभालाई पाँच दलिय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताले सम्बोधन गर्दैछन् ।

अहिले कार्यक्रमको मञ्चमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सृजना सिंह लगायतका नेताहरु रहेका छन् ।

निर्वाचन आचारसंहितामा सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै पनि किसिमको आमसभा, कोणसभा, भेला गर्नन हुने उल्लेख गरिएको छ । तर पाँच दलीय गठबन्धनले मुल सडक नै अवरुद्ध गरेर सभाको आयोजना गरेका छन् ।

‘सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,’ निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद २ को दफा ४ को ‘झ’ मा स्पष्ट शब्दमा भनिएको छ ।

उता माधव नेपालको गृह जिल्ला रौतहट आएर नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालाई कुहिएको फर्सिको संज्ञा दिएका छन् । शुक्रबार रौतहटको चन्द्रनिगनहपुरमा आयोजित आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने ‘नेकपा एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफै कुहिएको फर्सी हुन् ,कुहिएको फर्सी भएकै कारण अहिले कांग्रेस र माओबादीको पछि पछि लागेर हिडिराख्नु परेको छ’ ।

नेकपा समाजबादी पार्टीका अध्यक्ष माधब नेपालले बिहीबार चितवनको भरतपुरमा आयोजित गठबन्धनको आमसभामा नेकपा एमालेलाइ कुहिएको फर्सि भनेका थिए ।

‘यही पार्टीको करिब १५ बर्ष प्रमुख भएर बसे,यही पार्टीबाट २१ महिना प्रधानमन्त्री भए अहिले आएर एमालेलाइ कुहिएको फर्सी भन्ने माधव नेपाल नै कुहिएको फर्सि साबित भएको छ । ’ ओलीले भने ।

ओलीले चितवनमा हिजो प्रचण्ड भोट माग्न हैन जनतालाइ धम्काउनु पुगेको समेत बताए । प्रचण्डले चितवनको भरतपुरमा आयोजित आमसभामा भरतपुर महानगरपालिकाको गठबन्धन उमेदवार रेनुलाइ भोट नहाले देशमा दुर्घटना हुने भन्ने धम्की दिएको स्मरण गदै ओलीले भने ‘अब त्यस्तो धम्कीले जनताले भोट हाल्दैन ।’ अध्यक्ष केपी ओलीले पचास वर्ष अघि विराटनगरको महेन्द्र मोरङ्ग कलेजमा पढदै गर्दा आफुले माधव नेपाललाई भेटेको र सो बेला सम्झाएर, बुझाएर राजनितिमा पूर्णकालिन कार्यकर्ता बनाएर पार्टीको प्रमुख जिम्मेवारीमा राखेको बताए । पछिल्लो समय आफ्नै पार्टी विरुद्ध षडयन्त्र गरेको थाहा पाएपछि उनलाई पार्टीबाट हटाएको बताउदै केपी ओलीले भने ‘मैले सर्पको बच्चालाई दुध खुवाएको रहेछु ।’

गौरमा आयोजित आम सभामा पनि अध्यक्ष ओलीले भने ‘पार्टीले उनलाई सासंद बनायो, प्रधानमन्त्री बनायो । तर कुलमा एउटा कुलङ्घार जन्मीएको रहेछ ।’

‘माधव नेपाल कुलङ्घार हुन ।’ ओलीले भने ‘घरमा परिवारमा वा पार्टीमा एउटा कुलङ्घार निस्कियो भने त्यसले विनास गर्छ ।’ माधव नेपालले पार्टी ध्वस्त पार्छ भन्ने थाहा पाएपछि पार्टीले सोही बेला सर्तकता अपनाएको उनले बताए । कुपात्र भनेर चिनेपछि आफुले माधव नेपाललाई पार्टीबाट हटाउनु परेको उनले बताए । माधव नेपाल विकासको सोच र कुनै योग्यता नभएको मान्छे भएको उनको आरोप थियो । रौतहटको विकास नहुनुको मुख्य दोषी माधव नेपालनै भएको उनको तर्क थियो ।

गौरको राइसमिलमा नेकपा एमालेको वृहद आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारले देश र जनताको हित गर्न नसक्ने बताए । गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेले स्थानिय निर्वाचनमा आफ्नो जनमत प्रमाणित गर्ने उनले बताए ।

आचार्यलाइ जिताउनुस, चन्द्रपुरको बिकासको जिम्मा मेरो भो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चन्द्रपुर नगरपालिकाका नगर प्रमुख उमेदवार शिव आचार्यलाइ जिताएर पठाए चन्द्रपुर नगरपालिकाको बिकासको जिम्मा आफुले लिने बताएका छन् ।

शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित आम सभालाइ सम्बोधन गदै एमाले अध्यक्ष ओलीले एमाले नगर प्रमुख उमेदवार आचार्यलाइ जिताएर नगर प्रमुख बनाए चन्द्रपुर नगरपालिकाको बिकासको जिम्मा आफुले लिने बताएका हुन् ।

शिव आचार्य मेरो प्रतिनिधिको रुपमा चन्द्रपुर नगरपालिकाको काम गर्नेछन् आम मतदाताहरुले ढुक्क भएर एमालेका उमेदवारलाइ जिताउन ओलीले आग्रह गरे ।

चन्द्रपुरको सडक,कृषि,स्वास्थ्य शिक्षाको बिकाशको नेकपा एमालेले मात्रै गर्न सक्ने भएकोले एमाले उमेदवार आचार्यलाइ जिताउनुको कुनै बिकल्प नभएको अध्यक्ष ओलीको भनाइ रहेको थियो ।

कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले माधब नेपालाइ रौतहटबासीले नेता मान्नु नै गल्ती भएको र अब त्यस्तो गल्ती कसैले गर्न नहुने बताए ।

उनले भने ‘माधब नेपालकै कारण रौतहटको बिकास हुन सकेन ,पठाएको बजेट समेत फ्रि गर्ने नेतालाइ किन नेता मानिरहनु पर्यो ?’ । तराइकै अन्य जिल्लाहरुमा बिकासले फडको मारिरहदा रौतहट भने जस्ताको त्यस्तै रहनुको मुख्य दोषी माधब नेपाल नै भएको ओली आरोप लगाए ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरुले कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताएका छन् ।

आज पाँच दलीय गठबन्धनले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले उक्त कार्यको आफूले विरोध गर्ने समेत बताए ।

‘कसैलाई छोरीको रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको क्षमताको अवमूल्यन गर्ने कोषिस एकथरी मानिसहरुले गरेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘म त्यो प्रवृतिको ह्दयदेखि विरोध गर्न चाहन्छु ।’

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष प्रचण्डको छोरी रेणु दाहाल र काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहकी श्रीमती सिर्जना सिंहले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । केही नेताहरुले उनीहरुको विषयमा आलोचना गरेपछि प्रचण्डले आज त्यसको विरोध गरेका हुन् ।

‘हिजो युद्धको बेलामा, शान्तिको बेलामा ,संविधान निर्माणको बेलामा महिलालाई कसरी राष्ट्रको पक्षमा सदुपयोग गर्ने भनेर संविधानमा एउटा मूलभुत व्यवस्था गरिएको थियो, तर व्यवहारमा लागु गर्ने त्रममा कहिँ न कहिँ चुकिरहेका थियौं । अहिले यो प्रक्रिया अघि बढेको छ । म खुसी व्यक्त गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले भने ।

काठमाडौंको महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई विजयी गराउनु भनेको साच्चै परिवर्तनलाई विजयी गराउनु रहेको दाबी उनले गरे । ‘अहिले जहाँ जहाँ महिला कार्यकारी भूमिका छन् त्यहाँ राम्रो काम भएको छ । महिलाहरु माथि विश्वास गर्ने देशकै आवश्यकता हो,’ उनले भने ।

यसैगरी नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले कहीँ नभएको जात्रा केपी ओलीको पालामा भएको बताएका छन् । काठमाडाैंमा शुक्रबार आयाेजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पालामा जात्रै जात्रा भएको बताए ।

‘पाँच वर्षपछि सकिने आयोजनाको आजै उद्घाटन गर्ने । ३०० अस्पतालका भवन आजै उद्घाटन गरिदिने । कहीँ नभएको जात्रा जस्तो सबै एकैदिनमा गर्न खोज्ने । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो,’ अध्यक्ष नेपालले भने ।

पाँच दलले उठाएका काठमाडौं महानगरका मेयर र उपमेयरले काठमाडौंको विकासका लागि उत्कृष्ट विचार अघि सारेको बताए । ‘गठबन्धनका उम्मेदवार एकदमै राम्रो विचार भएका छन् । आफूले नसक्ने काम विज्ञमार्फत गर्छु भन्नुभएको छ । यो अत्यन्तै उत्कृष्ट विचार हो,’ अध्यक्ष नेपालले भने ।

सिंगो काठमाडौंलाई ध्यानमा राखेर स्मार्ट सिटी बनाउनुपर्ने उनको भनाइ छ । कतिपय कामहरू एउटै जिल्ला र पालिकाले मात्र गर्न नसक्ने भन्दै त्यसका लागि समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताए ।

उता अनियमितताको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका चित्रसेन अधिकारीलाई सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको उपमेयर उम्मेदवार बनाएको छ । अधिकारीमाथि भरतपुर–२१ को वडाध्यक्ष रहेका बेला वडाको विकास निर्माणमा अनियमिमता गरेको आरोपमा छानबिन चलिरहेको छ ।

अधिकारीले उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्दै हेटौंडा अख्तियारको टोलीले असाेज २०७८ मा वडामा पुगेर आवश्यक कागजात जफत गरेको थियो । अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापतिसमेत हुन् ।

अझै पनि यो मुद्दा अख्तियारमा विचाराधीन नै रहेको अवस्थामा उनलाई सत्ता गठबन्धनले कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार बनाएको हो । उनको फाइल अख्तियार हेटौंडा कार्यालयले केन्द्रमा पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी (उपसचिव) विष्णु सापकोटाले जानकारी दिए ।

‘उजुरीमाथि अनुसन्धान सकेर प्रतिवेदन तयार भएको छ । आवश्यक निर्णयका लागि केन्द्रमा पठाएका छौँ,’ उनले भने । अनियमितताको मुद्दा अदालतमा दर्ता भइनसकेकाले उम्मेदवार बन्न अप्ठ्यारो भने नहुने उनले बताए । कांग्रेसबाट जितेको वडाध्यक्ष भए पनि उनी भरतपुर महानगरमा तत्कालीन मेयर रेणु दाहालका निकट थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौंडाको टोलीले गत वर्ष वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा रहेको सिभिल बैंक भरतपुरको खातामा विकासको रकम हालेको भन्दै बैंक स्टेटमेन्ट नियन्त्रणमा लिएको थियो । उपभोक्ता समितिले अधिकारीको खातामा पहिलो पटक एक लाख ७६ हजार रुपैयाँ र दोस्रो पटक २६ हजार रुपैँया गरी दुई लाख ३ हजार रुपैयाँ विकास निर्माणको रकम जम्मा गरेको बैंक स्टेटमेन्टबाट देखिएको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हैटौँडाका जनकप्रसाद नेपालको टोलीले वडा नं २१ को केचन टोलको दुर्गाबहादुर भट्टराईको घरदेखि गणेश मन्दिरसम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाजसम्मको बाटो ग्राभेल गरी स्तरान्नति गर्न वडा अध्यक्ष चित्रसेन अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए ।

उपभोक्ता समितिमार्फत नै वडा अध्यक्ष अधिकारीले पटकपटक पैसा लिई गुणस्तरहीन काम गरेको उजुरी परेपछि अख्तियारले छानबिनका लागि बाटोकै अनुगमन गरी आवश्यक कागजात नियन्त्रणमा लिई छानबिन अगाडि बढाएको हो । अधिकारीले विकास निर्माणका सबै साना ठूला आयोजनामा बजेटअनुसार कोटा तोकी रकम असुली गर्ने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताए ।

आफ्नै हार्डवेयरबाट समान लिन दबाब 

अधिकारीले आफैंले डोजर र हार्डवेयर सञ्चालन गरेका छन् । वडाको निकास निर्माणको काममा उनकै डोजर प्रयोग गर्न दबाब दिने मात्रै हैन, उनको हार्डवेयरबाट रड, सिमेन्ट लगायतका सामाग्रीहरू खरिद गर्न उनले दबाब दिने गरेको एक उपभोक्ता समितिका सदस्यले बताए । उनको पसलबाट सामान लैजाने र उनको डोजर प्रयोग गर्ने शर्तमा मात्र उनले विकासका टुक्रे योजनाका लागि बजेट दिने नभए अनेक तरिकाले दुःख दिने गरेको उनको भनाइ छ ।

माओवादीसँग गठबन्धन गरेर उपमेयरको उम्मेदवार बनेका अधिकारीले कम्युनिष्टहरू बढी भएको क्षेत्रमा विकास लागि रकम दिँदैनन् । पुरानो पहारिलोटार, मनिपुर, कञ्चनवस्ती क्षेत्रमा उनले पाँच वर्षमा बजेट नदिएको गुनासो स्थानीयको छ । उनले शंकरचोक प्रावि रतनपुरलाई कक्षा ५ बाट घटुवा गरेर कक्षा ३ मा झारेको भन्दै स्थानीयहरु आक्रोसित बनेका छन् ।

उनी निजी विद्यालय प्याराडाइज इंग्लिस स्कुलका सञ्चालकसमेत हुन् । सरकारी विद्यालय फस्टाउन नदिने, दुःख दिने र नीजि विद्यालयमा आउन बाध्य पार्ने खेलमा अधिकारी लागेको उनीमाथि आरोप छ ।

सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णयअनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो । सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले नेपाल समाचारपत्रसँगको अधिकांश विद्यालय मतदान केन्द्र भएकाले सबै विद्यालय बन्द हुन सक्ने बताउनुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले मतदान केन्द्र भएका विद्यालय तीन दिनसम्म बन्द हुने बताउनुभयो । उहाँका अनुसार निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न केन्द्रले बिहीबार सबै स्थानीय तहसंग सहजीकरण गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।सरकारी निर्णयअनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ । ३१ गते शनिबार परेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ । जेठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । यसरी देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाले उपत्यकाका निजी विद्यालय ३ दिनसम्म बिदा हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘उपत्यका बाहिरका अभिभावक मौन अवधिको एक दिनपछि अर्थात् वैशाख २८ गतेबाटै मतदान गर्न उपत्यका बाहिर जानुपर्ने भएकाले सो दिनदेखि विद्यालयमा बिदा हुने छ ।’ बिदाको विषयमा संस्थागत निर्णय नगरिएको जानकारी दिंदै उहाँले भन्नुभयो– ‘स्थानीय निकाय अन्तर्गतका कमिटी आफैंले निर्णय गर्लान्, उपत्यकाको हकमा २८ देखि बिदा दिनेछौं । ‘यस विषयमा संस्थागत निर्णय नगरेकोले सोहीअनुसार कार्यान्वयन गर्न अनौपचारिक निर्णय गरिएको छ ।’

निर्वाचन, आइतबार बिदा दिने सरकारी निर्णय र बृद्ध जयन्तीका कारण देशैभरका निजी र सामुदायिक विद्यालय ६ दिन बन्द रहने देखिएको छ । तर शैक्षिकसत्र शुरू नभएको कारण यति लामो समय बिद्यालय बन्द हुँदा पनि खासै समस्या नपर्ने विद्यालय सञ्चालको भनाइ छ ।

केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरूमा सो अवधिमा विद्यार्थीलाई बैकल्पिक पद्दतिबाट पठनपाठनको व्यवस्था गर्न इकाइलाई निर्देशन दिएको छ । केन्द्रसंग यति विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ भन्ने तथ्याङ्क छैन । तैपनि, अधिकांश विद्यालयमा केन्द्र कायम गरिएकाले सबैजसो विद्यालय बन्द हुने सम्भावना रहेको छ ।


म आर्यघाटमा जलाइनु अघि लमतन्न परेको लास होइन, मुर्दा होइन, जीवित नेपाली हुँ बोलेँ । बोल है बोल चितवन बासी, बोल है बोल भरतपुर बासी । देशै भरी बाट बोल मुख खोल अब त अति भयो ।

 सहनुको पनि सीमा हुन्छ । कति सहने अब पनि ? यो त अति भयो । म त बोलेँ, मुख खोलेँ । किनकि म आर्यघाटमा जलाइनु अघि लमतन्न परेको लास होइन, मुर्दा होइन, जीवित नेपाली हुँ बोलेँ । बोल है बोल चितवन बासी, बोल है बोल भरतपुर बासी । मुख खोल । देशै भरी बाट बोल मुख खोल अब त अति भयो । 

कुनै एउटा पार्टी प्रबेश गरेर, त्यो पार्टीको झन्डा मुनी बसेर, नेता बिशेषको आरती उतारेर बोलिन्छ लेखिन्छ गरिन्छ भने त्यो दाशता हो तर देखेको कुरा, भएको कुरा, न्याय संगत कुरा यथार्थ कुरा बोलेर जन चेतना जाग्रित गराउन खोज्नु त्यो

स्वतन्त्र र वास्तविक धर्म हो । म अहिले न्याय र धर्मको पक्षमा छु । मेरो बिचार लाई यती महत्वका साथ प्रस्तुत गरिदिने पत्रकार उमेश सुबेदीजी र "चुरो कुरो टिभी" च्यानललाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । एक पटका तपाईंले पनि हेरिदिनुहुन र आफ्ना प्रतिकृया र सुझाब राखिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक