20220523

कति सरल जीवन शैली, तिमीबाट हामीले सिक्नु पर्ने धेरै कुरा रहेछन साम्पाङ राई, दुनियाँले तिमीबाट पाठ सिकोस्


नढाँटी भन्नु पर्छ - म परदेशमा भएकोले हो या के हो, मैले यो निर्वाचन भन्दा अघि धरानका हर्क साम्पाङ राईको न नाम सुनेको थिएँ न चिनेको । निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जालबाट चिनेँ । हर्क साम्पाङ राईको जति वटा क्लिप हेर्छु, जति वटा भाषण सुन्छु, फोटोहरू र वास्तविक जीवन शैली देख्छु उनी मेरो मुटु भित्र पस्दै गए, बास बस्दै गए । म गुल्मीको गाउँमा जन्मेको सामान्य मान्छे भएकोले होला मलाई कृत्रिम दुनियाँका महा कृत्रिम र मुखमा राम राम बगलीमा छुरा भएका मान्छेहरू भन्दा यस्तै सरल, वास्तविक मानवता भएका मान्छे मन पर्छन् । यिनका कयौँ क्लिप हेर्दा मेरा मेरा आँखा रसाए । कति सरल जीवन शैली, तिमीबाट हामीले सिक्नु पर्ने धेरै कुरा देखेँ मैले । गर्व छ तिमी प्रति हर्क, तिमी महान् मान्छे रहेछौ जसलाई धरानेले ढिलै भए पनि चिने र तिमीलाई विजयको माला पहिराए । तिम्रो जितमा मैले आफ्नै जित अनुभूत गरिरहेको छु । तिमीलाई बधाई र सलाम । धराने मतदाता लाई पनि नमन, बधाई र सलाम । धरान बाट सिकुन् सबै स्थानीय निकायले । तिमीले पाँच वर्षमा यसरी कर्म गर ताकी दुनियाँले तिमीबाट पाठ सिकोस्, मेरो यही शुभकामना । - रामप्रसाद खनाल

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक