20220525

स्थानीय निर्वाचनका एकजना वास्तविक हिरो हर्क साम्पाङ राइसँगको यो अन्तर्वार्ता हेर्न लायक छ है !

- अन्तर्वार्ताकार टिकाराम यात्री / AP1 HD TV 

कविता : आगो सल्किसकेको छ !

लुटको लङ्कामा 
अपराध र अनैतिकताको लङ्कामा 
आगो सल्किसकेको छ 
डढेलो सुरु भैसकेको छ 
नहोस् पनि कसरी ?
वैशाख जेठको धूपमा ! 
पूर्वको धरानबाट 
पश्चिमको धनगढीबाट
देशकै मुटु काठमाडौँबाट 
यसै गरी ठाउँ ठाउँ 
र, गाउँ गाउँबाट  
देखिइसकेको छ आगोको झिल्का
सल्किँदै छन् लुटेर बनाइएका,
परालका टौवाहरू
मकैका सुलीहरू
धन र धानका धनसारहरू 
सुन र चाँदीका बन्द बाकसहरू 
आगो पहिलै लागिसक्नु पर्ने थियो 
ढिलो भएकै हो शङ्कै छैन  
मौसम त्यति अनुकूल नभएर होला 
वा, 
सलाई कोर्नेहरूको ढङ्ग नपुगेर होला 
सलाई का कैयौँ काँटीहरू खेर पनि गए 
सोंचेकाहरु बाट सलाई नपरे पनि
नसोचेका हरूले, नपत्याएकाहरुले 
सलाई कोरिरहेका छन् 
आगो पारिरहेका छन् 
जलाइनै पर्ने फोहोरका डुङ्गुरहरू 
ढिला भएकै हो जलाउन 
गाउँ देखी सहर सम्म फैलिएकै हो दुर्गन्ध
तर 
लुटको लङ्का मा
फोहोरका डुङ्गुरहरू मा 
 ढिलै भए पनि 
आगो लागिसकेको छ 
डढेलो लागिसकेको छ 
हजुर बा का पालाका जीर्ण दमकलहरू 
के सक्थे यो आगो र डढेलो निभाउन 
त्यसमाथि,
उद्घाटन भैसकेको मेलम्चीको पानी
झरे पो धारामा, भरिने होलान् दमकल 
तर मेलम्ची आफै जलिरहेको छ पानी खोज्दै 
त्यसैले
यो आगो, यो डढेलो,
देखिँदैन रोकिने
देखिँदैन छेकिने  
पानी बिनाका दमकलहरू 
साइरन बजाउन जतिसुकै 
छैन कुनै माने 
आगो सल्कियो, निभ्ने छैन जाने 
समयमै किनारा लाग्नु 
आगोले खरानी पार्न सक्छ भाग्नु 
नजिक बस्दै नबस्नु आगो को 
आगो हो पोल्छ, जलाउँछ
त्यसैले आगो सँग खेल्दै नखेल्नु !
- रामप्रसाद खनाल, May 22, 2022
***

प्रतिगामी केटो ! - रामप्रसाद खनाल

हो त्यो प्रतिगामी नै हुनु पर्छ
राजाकै मान्छे हुनु पर्छ
नभए शाह थर किन भयो उसको ?
कालो चस्मा लगाउँछ किन त्यसले ?
काठमाडौँ बनाउँछु भन्छ किन त्यसले ?
नेपालको झन्डा किन बोक्छ त्यसले ?
लौरो उठाउँछ र सेक्छ हरेक वडाहरूमा,
रैथाने भाउजू र दाइलाई लखेट्छ किन त्यसले ?
मलाई पनि शङ्का लागेको छ उ माथि
खान्न भन्छ, खान दिन्न भन्छ
यस्ताको पनि कहीँ भर गर्न हुन्छ ?
सेटिङमा चल्ने राजमा,
यो बबुराको कुरा कसले सुन्छ ?
मिटिङहरू पनि कहीँ लाइभ गर्न हुन्छ ?
खुबै जान्ने भएको दारी केटो !
न त कुनै मुद्दा लागेको छ
न त जेल बसेको छ
न त रेणुका बाउ छोरीहरू जस्तै,
कहिले यता, कहिले उता पसेको छ !
न त नातावाद र कृपावादमा विश्वास गर्छ
यस्तो बकम्फुसे पनि कहीँ मेयर हुन्छ ??
हो त्यो प्रतिगामी नै हुनु पर्छ
राजाकै मान्छे हुनु पर्छ
नत्र कालो चस्मा किन लाउनु पर्छ ?
मलाई पनि शङ्का जागेको छ
काङ्ग्रेस एमाले माओवादी वा कुनै दलबाट,
विश्वास लाग्थ्यो उठेको भए
तर उ स्वतन्त्र किन उठ्यो ?
लौरो लिएर किन उठ्यो ?
मलाई पुरै शङ्का लागेको छ
प्रतिगामी नै हो भन्ने शङ्का जागेको छ !
- रामप्रसाद खनाल, May 21, 2022

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक