20220520

हावाहुरीका कारण चितवनमा शुक्रबार साँझ तीन जनाको मृत्यु, क्षतिको पूर्ण विवरण आउन अझै बाँकी


 चितवनमा शुक्रबार साँझपख निकै दु:खद घटना भएको छ । यहाँ आएको हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । फरकफरक ठाउँमा भएको घटनामा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । उनका अनुसार हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा रूख ढल्ने र पोल ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक