20220528

गणतन्त्र जिन्दाबाद !

 धन्न देशमा छ र लोकतन्त्र 

धन्न देशमा छ र गणतन्त्र,
गरेकोमा अपराध र कुकर्महरू  
अदालतले दोषी ठहर गर्दै, 
जेल पठाएका कैदीहरू 
आज हाँसी खुसी,
अबिर माला र खादा लगाउँदै 
सेलिब्रेटी जस्तै हात हल्लाउँदै  
गर्दै लोकतन्त्र र गणतन्त्रका बात 
निस्किँदै छन् जेल बाहिर लागेर खात 
गणतन्त्र अनुभूति भएको छ उनीहरूलाई
यही अवसरमा, 
आउनुस् खुसी मनाउनुस् तपाईँ हामी पनि 
भन्नोस् लोकतन्त्र जिन्दाबाद 
गणतन्त्र जिन्दाबाद !
धन्न छ र गणतन्त्र कैदीहरू न्याय पाउँछन् 
नभएको भए गणतन्त्र, छुटाउन को आउँछन् ?? 
- रामप्रसाद खनाल, गणतन्त्र दिवसका अबसरमा, मे २८, २०७९ 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक