20220502

भारतका विभिन्न प्रान्तहरूमा फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि उच्च सतर्कता अपनाउन चिकित्सकहरूको आग्रह

 भारतका विभिन्न प्रान्तहरूमा फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि  भारतसँग खुल्ला सीमा जोडिएको पर्सा, बारा सहितका जिल्लाहरूमा कोरोना संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।  

भारतको विहारसँग खुल्ला सीमा जोडिएका पर्सा , बारा सहित मधेस प्रदेशका ८ जिल्ला उच्च जोखिममा रहेको वीरगन्जका चिकित्सकहरूले बताएका छन् ।  भारतमा संक्रमण दर बढेसँगै नेपालमा पनि त्यही अवस्था आउन सक्ने जोखिम रहेको कुरा विगतका दुई चरणको लहरले पुष्टि नै गरिसकेकोले विशेष गरी पर्सा, बाराका जिल्लाहरूमा स्वास्थ्यका मापदण्ड अपनाउनु नितान्त आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ । 

नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक एवं कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले भारतमा संक्रमण दर बढेसँगै नेपालमा पनि त्यही अवस्था आउन सक्ने जोखिम रहेको कुरा विगतका दुई चरणको लहरले पुष्टि नै गरिसकेकोले स्वास्थ्यका मापदण्ड अपनाउनु नितान्त आवश्यक रहेको बताउनुभयो । नेपालमा कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अवस्थामा भारतमा बढेसँगै अब स्वास्थ्य मापदण्ड पुनः पालना गर्नुपर्ने कुरामा नारायणी अस्पतालका वरिष्ठ फिजिसिएन डा.निरज सिंहले जोड दिनुभयो ।अहिले चुनाव लगायतका कारणले भारत सहित विदेशमा भएका नेपालीहरू घर फर्किरहेको अवस्थामा जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्ने सिंहले बताउनुभयो । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक