20220521

मारिऊपोलमा युक्रेनी सेनाले आत्मसमर्पण गरेसँगै पूर्ण जित हात पारेको रुसी दाबी, नेटोको पूर्ण साथ हुँदापनि रुसले युक्रेन खन्डहर बनाइ छाड्यो !

 अरु देशको बुइ चढेर राष्ट्र, राष्ट्रियता नबच्ने रहेछ, युक्रेन नजिर बन्यो, नेटोको पूर्णसाथ हुँदापनि रुसले युक्रेन खन्डहर बनाइछाड्यो । अमेरिका, बेलायत लगायतका महाशक्ति राष्ट्रले पनि युक्रेन प्रकरणबाट शिक्षा लिनु पर्ने देखियो । अनावश्यक हस्तक्षेप, डलरको खोलोले मात्र रोक्न सकिने रहेनछ देखियो । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको प्रशासनको अफगानिस्तान पछिको अर्को ठुलो हार हो यो भन्दै छन् अहिले अमेरिकीहरू स्वयम । तर यसको अर्थ रुसले जित्यो भन्ने होइन है । पुटिन कुनै पनि बेला कठघरामा उभिनु पर्ने छ । जीत त विनाशको भएको छ र हार मानवताको । साठी लाख भन्दा बढी युक्रेनका जनता युद्ध ले गर्दा देश छोडेर भागे, अर्काको देशमा शरण लिइरहेका छन् । कति मरे, कति घाइते भए, धन सम्पत्ति खरानी भयो । बस्तीहरू खण्डहरमा परिणत भए । देश ५० वर्ष पछाडि धकेलियो विनाशले । कोरा राष्ट्रवाद होइन कूटनीतिक क्षमताको खाँचो थियो यहाँ पनि ।

आत्मसमर्पण गरेका युक्रेनी फौज बोकेको बस

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,

आत्मसमर्पण गरेका युक्रेनी फौज बोकेको बस

रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ। उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा

गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेको जनाएको छ। महिनौँसम्म उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकुहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न रोकिरहेका थिए।

शुक्रवार युक्रेनी फौज पछि हटेसँगै मारिऊपोलमा ठूलो क्षति हुनेगरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको छ। 

दुई पक्ष के भन्छन्

रुसी रक्षा मन्त्रालयका अनुसार ५३१ युक्रेनी लडाकुहरू त्यहाँबाट हटेपछि मारिऊपोल र सो स्टील उद्योग "अहिले पूर्णतः मुक्त" भएका छन्।

"लडाकुहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको छ," एउटा विज्ञप्तिमा रुस सरकारले भनेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको बताए।

शुक्रवार एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने, "आज सैनिक कमान्डबाट उनीहरूलाई स्पष्ट सन्देश दिइयो कि उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्छन्।"

युक्रेन फौज

तस्बिर स्रोत,REUTERS

हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो।

रुसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुर्‍याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए। उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न भनिरहेका थिए।

उक्त क्षेत्रमा फस्नेमध्ये कैयौँ गैरसैनिक नागरिक थिए। तीमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि पर्छन्।

यसै महिना हप्तौँसम्म राष्ट्रसङ्घ र रेडक्रसको संयोजनमा चलेको कठिन वार्तापछि उनीहरूलाई उद्धार गरिएको थियो।

तर युक्रेनी सुरक्षाफौजका सदस्यले आत्मसमर्पण गर्न नमान्दा रुसले उक्त रणनीतिक बन्दरगाह सहरमा पूर्ण नियन्त्रण भने कायम गर्न सकेको थिएन।

धेरै युक्रेनीहरूले आजोभ्स्टालमा खटिएका रक्षकहरूलाई रुसी आक्रमणको सशक्त सामना गरिरहेका "राष्ट्रनायक"का रूपमा लिएका थिए।

आत्मसमर्पण गरेका युक्रेनी फौज बोकेको बस

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,

आत्मसमर्पण गरेका युक्रेनी फौज बोकेको बस

त्यहाँ सुरक्षामा खटिने सैनिकहरूमा मरीन, आजोभ रेजिमन्टसहितको राष्ट्रिय गार्ड, सीमागार्ड, प्रहरी र भूमिरक्षा एकाइ पर्छन्।

घट्दो खाद्यपदार्थ र पानीको अभावमा उनीहरूले भूमिगत बङ्कर र सुरुङमा घाम समेत नदेख्न नपाई हप्तौँ दिन बिताएका थिए।

चार वर्ग माइल क्षेत्रफलको उक्त परिसरमा परमाणुयुद्धबाट समेत ज्यान जोगाउन मिल्ने ढाँचामा निर्माण गरिएका कैयौँ सुरुङहरू छन्।

उनीहरूका कमान्डरले सबे घाइते सैनिकहरूलाई रुसी बस र एम्बुलेन्सहरूले लगेको बताएका छन्।

ती युक्रेनी सैनिकलाई रुसले के गर्ला

मस्कोका अधिकारीहरूका अनुसार शुक्रवार समेत २,४३९ युक्रेनी सैनिकहरूले उक्त स्टील उद्योग परिसरबाट हालैका दिनमा आत्मसमर्पण गरेका थिए।

मस्कोले शुक्रवार बाहिरिएका सैनिकहरूलाई कहाँ लगियो भन्ने खुलाएको छैन। तर विगतमा बसहरूलाई रुसी नियन्त्रणमा रहेका क्षेत्रहरूमा पठाइएको थियो।

रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडिओमा सो उद्योगबाहिर निरस्त्र पुरुषहरू लाम लागेर रुसी सैनिकहरूतर्फ गएको र आफ्नो नाम भनिरहेको जस्तो देखिन्छ। यद्यपि बीबीसीले उक्त भिडिओको आधिकारितका पुष्टि गर्न सकेको छैन।

युक्रेन

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,

रुसले ५३१ जनाले शुक्रवार आत्मसमर्पण गरेको जनाएको छ

त्यसपछि रुसी सैनिकहरूले प्रत्येक व्यक्ति र उनीहरूका सामनलाई ध्यानपूर्वक खानतलासी गरेको देखाइएको छ।

युक्रेनी अधिकारीहरूले उनीहरूलाई बन्दी साटासाट गर्दा रिहा गरिने अपेक्षा गरेका छन्। तर त्यसबारे मस्कोले केही भनिसकेको छैन।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती सैनिकहरूलाई 'सम्बन्धित अन्तर्राष्ट्रिय कानुनअनुरूप' व्यवहार गरिने बताएका छन्। तर उनीहरूलाई रुसी हिरासतमा नै राखियो भने के हुन्छ भन्ने चिन्ताहरू व्यक्त भएका छन्।

मङ्गलवार रुसी सांसदहरूले आजोभ रेजिमेन्टका लडाकुहरूलाई "नाजी अपराधी" को सङ्ज्ञा दिनुपर्ने माग अघि सारेका थिए।

उनीहरूका अनुसार उक्त समूहका सैनिकहरूलाई युक्रेनसँगको बन्दी साटासाटमा पार्नु हुँदैन।

आजोभ रेजिमेन्टलाई सन् २०२१ मा स्वयंसेवी लडाकु समूहका रूपमा स्थापना गरिएको थियो। हाल न्यान्शनल गार्ड यूनिटमा रूपान्तरित उक्त समूहको कुनै बेला उग्र दक्षिणपन्थीहरूसँग सम्बन्ध थियो।

यसैबीच रुसका महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतलाई सो सैन्य एकाइलाई "आतङ्कवादी सङ्गठन" का रूपमा घोषणा गर्न माग गरेको छ।

सो एकाइका लडाकुहरूलाई युद्धबन्दीका रूपमा व्यवहार गर्नबाट वञ्चित गर्नका लागि त्यस्तो गरिएको हुनसक्ने ठानिएको छ। - BBC


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक