20220507

चुनाव हो कि गाली गलौज पुराण छुट्याउनै मुस्किल पर्न थाल्यो !

  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाँडीचुँडी खान सत्ता गठबन्धन गरेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका दलले गठबन्धन गरेको उनले टिप्पणी गरेका हुन् । इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेसँग वडामा पनि चुनाव लड्न नसकेपछि पाँच दलीय गठबन्धन गरेको बताए । बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने

ओलीको भनाइ थियो । उनले भने, ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस् ।’

उता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन हुन नसक्नुको मुख्य दोषी एमाले अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् । मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन गर्न ओलीले नदिएपछि संशोधन नभएको आरोप लगाएका हुन् । प्रचण्डले भने, ‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रोचोटी प्रधाननमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुईपटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार भने, ‘र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन? तपाईंहरूलाई थाहा छ या छैन । म तपाईंहरूलाई भन्न चाहन्छु ( केपी ओलीकै कारणले संविधाने संशोधन हुन सकेन । परिमार्जन हुन सकेन ।’ मधेसी जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको प्रचण्डले प्रष्ट पारे ।

यसैगरी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘राम–सीता’को गठबन्धन भएको ठाउँमा पाँच दलीय गठबन्धन कमजोर हुन नसक्ने बताएका छन् । जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई अब कुनै शक्तिले पराजित गर्न नसक्ने दाबी गरे । उनले देशभरि गठबन्धनको पक्षमा माहोल बढ्दै गएको पनि दाबी गरे । ‘गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेरै साध्य छैन । कतै कतै असन्तुष्टि होलान् तर हामी सबै अनुशासनमा बस्नुपर्छ’ देउवाले भने ‘गठन्धनको विरोध सह्य हुँदैन । पार्टीले कारबाही गर्छ । धेरैलाई गरिरहेको पनि छ, गठबन्धनको विरुद्धमा बोल्ने नेता कार्यकर्ताहरुलाई समेत कारवाही गरिनेछ ।’

चितवनमा अलि अलि समस्या देखिएको थियो तर अहिले सबैलाई हावा खाइसकेको भन्दै उनले भने ‘वागी बनेर पार्टीको झन्डा बोक्नेलाई कारबाही हुन्छ ।’ संसद छलेर संविधानलाई अपदस्थ बनाउने खेलका नायकलाई परास्त गर्न आउंदो स्थानीय तहको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन समेत उनले आग्रह गरेका छन ।प्रधानमन्त्री देउवाले भने ‘संविधान जनताको जनप्रतिनिधिले बनाएकोले संविधान र संसद टिकाउन गठबन्धनको मुख्य अभिभारा छ ।’ मधेशको नागरिकता समस्यालाई गठबन्धनकै जोडबलमा समाधान गरिदै भन्दै उनले नागरिकता विहिन नेपाली नागरिकलाई गठबन्धन दलले नै नागरिकता दिने बताए । मधेशको समग्र विकासका निम्ति गठबन्धन दल सदैव तत्पर रहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रलाई बचाउन दिनरात मेहनत गरेर गठबन्धन बनाएको बताए ।

शहीदको रगतबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लाग्ने नेकपा एमालेलाई परास्त गर्न सफल भएको भन्दै अब संस्थागत गर्ने जिम्मा नेपाली जनताको जनताको हातमा रहेकोले आउंदो स्थानीय तहको निर्वाचनमा गठबन्धन दललाई जिताउन जरुरी भएको बताए । त्यस्तै कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको संस्थागत र संविधान कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आग्रह गरे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन दलका उम्मेदवारलाई जिताए यहाँ विकासको लहर चल्ने दाबी गरे ।

सो चुनावी सभा कार्यक्रमलाई प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, माओवादी नेता गणेश साह, कांग्रेस सह सचिवद्वय महेन्द्र यादव र भीमराज आंगदाबे समेतले सम्बोधन गरेको थियो ।उता ‘म मेयरमा निर्वाचि भएपछि नारायणहिटी राजदरवारको पर्खाल तोड्छु । त्यहाँ भित्रको हरियाली चौर र बगैंचा देखेर युवाहरु खुसी हुनेछन् ।’ निर्वाचन हुनु भन्दा ७ दिन अघि मिडियाकर्मी सामु प्रस्तुत भएका स्थापितले भने ।उनी कार्यक्रम अवधिभर धेरै समय युवा पुस्ताकै समस्यामा केन्द्रित भए र युवा पुस्ताका लागि महत्वकाँक्षी योजना सुनाए । काठमाडौं महानगरपालिकाका नेकपा (एमाले) तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले भने ‘राजदरवारभित्र योजना बनाएर राज्यसहितको संरक्षणमा बत्ति र पानीको फोहोर भएको आकर्षक पार्क निर्माण गर्छु ।’

उनको भनाई अनुसार उक्त पार्कमा आकर्षक बत्ति र पानीका फोहोरा हुनेछन् भने युवा, वृद्ध र बालवालिका त्यहि पार्कमा रमाउनेछन् ।’ उनको योजना अनुसार त्यो यस्तो ऐतिहासिक ठाउँ हुनेछ, जहाँ हरेक व्यक्तिले मनोरञ्जन लिनेछन् । त्यसो त केशर महल वरिपरिको पर्खाल पनि भत्काएर खुल्ला ठाउँ निर्माण गर्ने सुनाए ।काठमाडौंमा त्यस्ता धेरै ठाउँ भएको भन्दै एकसय भन्दा बढी पार्क निर्माण गर्ने योजना रहेको सुनाए । ‘अब युवाहरुले काठमाडौंमा बोरिङ फिल गर्नु पर्दैन । म एकसय भन्दा बढी ठाउँ बनाईदिन्छु ।’ उनले भने ।आफु पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मतदाता बनेको स्मरण गर्दै उनले आफ्नो जीवन र योजनाहरुका विषयमा काठमाडौंमा बसेर कुरा गर्ने ठाउँ नभएको स्वीकार्दै अव युवाहरुकै लागि काम गर्ने बताए ।

स्थापितका अनुसार अब युवाहरूले रिफ्रेस हुनका लागि काठमाडौं छाड्नै पर्दैन । ठाउँ ठाउँमा भने जस्ता चाहेजस्ता आकर्षक पार्कहरु काठमाडौंमै भेट्नेछन् र साँझपख वा बिहानपख त्यहि टहलिन्छन् । आइसक्रिम खान्छन्, कफि खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा ! काठमाडौं महानगर भन्दै खुसी व्यक्त गर्छन् । त्यतिमै उनी रोकिएनन् । पार्कमा घुम्न आउने युवा पुस्तालाई पनि कामकाजी बनाउने योजना छ उनको । ‘पार्कमा आएका युवासँग तिमीहरूको योजना के छ ? तिमीहरूको अपेक्षा के छ ? भनेर सोध्छौं र उनीहरुकै सहकार्यमा नयाँ नयाँ योजना कार्यान्वयन गर्छौं ।’ उनले भने । युवाहरूलाई प्रोत्साहन गर्न विश्वस्तरीय २० वटा जीम हल स्थापना गर्ने र अर्वन पार्क निर्माण गर्ने योजना पनि रहेको सुनाए ।

गुनासो तत्कालै सम्बोधन हुने

काठमाडौंमा अहिले कसैले कुनै विषयमा चित्त बुझेन वा कसैलाई कोही कसैले अन्याय ग¥यो भने गुनासो गर्ने ठाउँ छैन । प्रहरीमै गएर उजुरी गर्नुको विकल्प छैन । स्थापितको भनाई अनुसार तत्काल गुनासो सुन्न ‘क्विक रेस्पोन्स टिम’ निर्माण गर्ने योजना पनि छ उनको ।

सरकार स्वास्थ्य संस्था अर्को आलोच्य ठाउँ बनेको परिप्रेक्षमा अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरूको स्तरोन्नति गर्ने योजना पनि सुनाए । मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने योजना रहेको छ उनको ।

‘वृहत् छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करिब २ हजार स्वयंसेवकलाई पारिश्रमिक दिएर राख्छौं,’ उनले भने । त्यो टिमले कुन वडामा कति बिरामी र कस्ता प्रकारका बिरामी छन् भनेर अनुसन्धान गर्ने र त्यहि टिमले सहजीकरण गर्ने सुनाए ।

दासले सामन्तसंग मागे जस्तो हुन्न

काठमाडौंको फोहोर व्यवस्थापन र सार्वजनिक यातायात अर्को टिठ लाग्दो विषय बनेको छ । फोहोर व्यवस्थापनको स्थायी समाधान खोजिने भनेर धेरैले भने तर, अझै बेला बेलामा फोहोरभित्रको राजनितीले काठमाडौं गर्माउछ । सार्वजनिक यातायात अत्याधिक अव्यवस्थित छ । स्थापितको भनाई अनुसार उपत्यकाको ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने राज्यले ढल, खानेपानी, बिजुली लगायतको अधिकार स्थानीय तहलाई दिनुपर्छ । ‘म मेयर निर्वाचित भएपछि उपत्यकाका सबै स्थानीय तहलाई आत्मनिर्भर बनाउने गरी केन्द्र सरकारसँग अधिकार माग्ने कुराको नेतृत्व गर्छुु । केन्द्र सरकारसँग स्थानीय सरकारले सामन्तसँग दासले माग्नु पर्ने जस्तो परम्पराको अन्त्य गर्ने भन्दै उनले भनें ‘सँधै सामान्तसंग दासले मागे झैं गरेर हुन्न ।’

ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने अहिलेको उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका स्थानीय तहको मातहतमा राख्नपर्छ भन्दै मेयर निर्वाचित भएपछि त्यो अभियानमा लाग्ने उनले बताए।उता सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेदवारले सुसाइट लोट लेखेर झुुण्डिएको अवस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार शनिबार बिहान घर नजिकैको आँपको रुखमा स्थानीय ६५ वर्षीय गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

‘म आफैँ पनि घटनास्थल पुगेको थिएँ, प्रारम्भिक अनुसन्धानअनुसार आत्महत्या नै हो भन्ने खुलेको छ,’ एसपी थापाले राजधानीसँग भने, ‘हामीले झुण्डिएको स्थान नजिकै सुसाइट नोट फेला परेका थियौँ ।’ उनका अनुसार सुसाइट नोटमा म आफैँ झुण्डिएको र घटना अनुसन्धान नगर्न भनिएको थियो ।मृतक पौडेलको शव अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने घटना’bout थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।उनका अनुसार यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पौडेल रामधुनी ८ को वडाध्यक्षको स्वतन्त्र उम्मेदवार थिए ।

राति सँगै श्रीमतीसँग सुतेको र २ बजेतिर उठेर खोज्दा बिहान मात्रै मृत फेला पारिएकाले प्रहरीलाई खबर भयो, एसपी थापाले भने, ‘सुसाइट नोटमा भनिएको छ, यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू, पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु ।’

उनी यसअघि ०७४ को निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएको र यसपटक पनि टिकट नदिएको भन्दै स्वतन्त्र रुपमा वडाध्यक्ष्मा उम्मेदवारी दिएका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार स्थानीय तहको चुनाव र आफ्नै पार्टीभित्रको आन्तरिक विवादकाबीच पौडेलले मानसिक सन्तुलन गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले उम्मेदवारी फिर्ता लिन दबाब दिएको खुलेको उनले बताए । यद्यपि, घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रेणुका बाउ छोरीको मात्र होइन सत्ता गठबन्धनकै टाउको दु:खाइ बनेका जगन्नाथ पौडेल यसो भन्दैछन

   

म आर्यघाटमा जलाइनु अघि लमतन्न परेको लास होइन, मुर्दा होइन, जीवित नेपाली हुँ बोलेँ । बोल है बोल चितवन बासी, बोल है बोल भरतपुर बासी । देशै भरी बाट बोल मुख खोल अब त अति भयो ।

 सहनुको पनि सीमा हुन्छ । कति सहने अब पनि ? यो त अति भयो । म त बोलेँ, मुख खोलेँ । किनकि म आर्यघाटमा जलाइनु अघि लमतन्न परेको लास होइन, मुर्दा होइन, जीवित नेपाली हुँ बोलेँ । बोल है बोल चितवन बासी, बोल है बोल भरतपुर बासी । मुख खोल । देशै भरी बाट बोल मुख खोल अब त अति भयो । 

कुनै एउटा पार्टी प्रबेश गरेर, त्यो पार्टीको झन्डा मुनी बसेर, नेता बिशेषको आरती उतारेर बोलिन्छ लेखिन्छ गरिन्छ भने त्यो दाशता हो तर देखेको कुरा, भएको कुरा, न्याय संगत कुरा यथार्थ कुरा बोलेर जन चेतना जाग्रित गराउन खोज्नु त्यो

स्वतन्त्र र वास्तविक धर्म हो । म अहिले न्याय र धर्मको पक्षमा छु । मेरो बिचार लाई यती महत्वका साथ प्रस्तुत गरिदिने पत्रकार उमेश सुबेदीजी र "चुरो कुरो टिभी" च्यानललाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । एक पटका तपाईंले पनि हेरिदिनुहुन र आफ्ना प्रतिकृया र सुझाब राखिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक