20220524

जगन्नाथ पौडेल प्राबिधिक रुपमा चुनाव हारे तर नेपाली जनताको नजरमा उनले भरतपुर मात्र होइन नेपालभर नैतिक रुपमा बिजय हासिल गरे

चुनाव अचम्मको हुन्छ । कोही भोट बढी ल्याएर जितेर पनि हार्छन भने कोही भोट कम ल्याएर प्राबिधिक रुपमा हारे पनि नैतिकरुपमा जित्दा रहेछन । यस पटक भरतपुरमा यस्तै भयो । जगन्नाथ पौडेल प्राबिधिक रुपमा चुनाव हारे तर नेपाली जनताको नजरमा उनले भरतपुर मात्र होइन नेपालभर नैतिक रुपमा बिजय हासिल गरे । उनलाई देउबा स्वयमले मन्त्री अफर गरे, उनले जबाफ फर्काए - मन्त्री त के तपाईं प्रधानमन्त्रीका   हैसियतले तपाईंले मलाई ६ महिना सम्म उप प्रधानमन्त्री पनि बनाउन सक्नुहुन्छ तर म बिक्ने वाला छैन । जनतालाई धोका दिने वाला छैन । नभन्दै उनले नैतिक अडान कायम राखे । सम्मानजनक भोट पनि पाए ।  भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय २८ मत ल्याएका छन् । गठबन्धनका सामु नेकपा एमाले दोस्रो शक्तिका रुपमा देखियो । एमाले मेयरमा पराजित हुनुमा मौन अवधिमा सत्ता र शक्तिको दुरुपयोग हुनु, तालमेल गरिएको दल राप्रपाले सहयोग नगर्नु र असन्तुष्ट

कांग्रेसीबाट आउने भोट पौडेलले रोक्नु प्रमुख कारण भएको नेकपा एमालेकाे निश्कर्ष छ । तर, नेता पौडेलले भने आफूले एमालेको भोट नकाटेको बरु एमालेले आफ्नै मत सुरक्षित गर्न नसकेको बताउँछन् । उनले नेकपा एमालेको २५ प्रतिशत मत पाँच दलीय गठबन्धनको उम्मेदवारलाई गएको पनि बताए ।

नेकपा एमालेले नेपाली कांग्रेसले अघोषित रूपमा स्वतन्त्र उमेदवार उठाएर आफ्नो पक्षमा आउने मत काटेको आरोप लगाउँदै आएको विषयमा उनले भने, ‘मलाई सुरूमा माओवादीले हाम्रो मत काट्नलाई उठे भने । अहिले होइन भनिरहेका छन् । आफूले पराजय भोग्नुपर्ने भएपछि एमालेले पनि त्यही आरोप मतिर तेर्साए । तर, वास्तविकता त्यस्तो होइन । मलाई कसैले उठाएको होइन, म आफैँ उठेको हुँ ।’

आफूले एमालेको मत काटेको नभइ एमालेका उम्मेदवारले आफ्नै मत पनि सुरक्षित राख्न नसकेको उनको भनाइ छ । ‘एमालेका २५ प्रतिशत मतदाताले गोलाकारभित्रको हँसिया हथौडामा मतदान गरेका छन्,’ उनी भन्छन्, ‘त्यसैले एमालेले अरूलाई दोष दिने होइन कि आफ्नै पार्टीभित्र भित्री समीक्षा गर्नुपर्छ ।’

निर्वाचन हुनुपूर्व पौडेलको विषयमा धेरैले १० हजारदेखि २० हजारसम्मको मत ल्याउन सक्ने आंकलन गरेका थिए । कांग्रेस र पाँच दलीय गठबन्धनबाट असन्तुष्ट बनेका पौडेलको उम्मेदवारीले रेनु दाहालको मत काट्ने अड्कल गरे । कतिपयले भने दुवै उम्मेदवारको मत काट्ने अड्कल पनि गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि तल्लो तहसम्म गठबन्धन नगर्दाको असर मेयरमा देखिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । नेपाल समाचार पत्रका अनुसार ‘गठबन्धनबाट असन्तुष्ट पक्षले सूर्यमा मतदान गर्न सक्ने सम्भावना बलियो हुँदाहुँदै पनि वैकल्पिक चुनाव चिन्ह पाएपछि हामीलाई आउने मत पनि उता गयो,’ उनी भन्छन् ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक