20220620

काठमाडौंका नब निर्बचित मेयर बालेन्द्र साहले आफ्नो चुनाव खर्च ३,९४,४८९ /- सार्बजनिक गरे

 खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी चाहन्छौँ भन्दै काठमाडौंका नब निर्बचित मेयर बालेन्द्र साहले आफ्नो चुनाव खर्च सार्बजनिक गरेका छन । उनले भनेका छन "हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ । र, भन्नै पर्ने कुरा छ - एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।"


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक