20220602

राजा बीरेन्द्र, रानी ऐस्वर्य, राज परिवार र जेठ १९ सम्झिँदा !


 राजा बीरेन्द्र, रानी ऐस्वर्य, राज परिवार मात्रै गएनन जेठ १९ मा, देश त्यही दिन देखी झन बढी ओरालो लागेको हो वास्तविकता यही हो । तर लुटतन्त्र र गलगाँड तन्त्रका महाराजा, महारानीहरुको राक्षसी राजमा हामी नेपाली जनताले यो वास्तविक तथ्य बुझ्न अझै कति समय लाग्ने हो त्यो त समयले नै बताउला । स्वर्गीय राजा बीरेन्द्र, रानी ऐस्वर्य र राज परिवार प्रति भाव पूर्ण श्रध्दान्जली र सम्मान । 

        वीरे चोर - देश छोड,  पम्फादेवी ठकुरानी - स्वीजर्ल्यान्डको  पैसा फिर्ता ले, पञ्चायती व्यवस्था - मुर्दावाद,  दलीय प्रतिबन्ध - फुकुवा गर, प्रजातन्त्र - जिन्दाबाद, राजतन्त्र - मुर्दावाद, मरीचमान लाई - फाँसी दे, काँग्रेस, बाम मोर्चा - जिन्दाबाद, जनताको जित - हुन्छ हुन्छ - यी र यस्तै नारा लगाउँथ्यौँ हामीले २०४६ सालमा । युवा थियौँ, तातो रगत थियो, नेता भनाउँदाहरूले हामी जस्ता युवाहरूलाई बन्द कोठामा राखेर प्रशिक्षण यसरी दिन्थे मानौँ देशको सबै भन्दा ठुलो शत्रु राजतन्त्र हो, राजा वीरेन्द्र हो, पञ्चायती व्यवस्था हो, त्यो बेलाका हामी अन्धभक्त हरू नेताको लह लहै मा लागेर माथि भने जस्तै नारा लगाउँदै आन्दोलनमा जाने हाम्रो दिनचर्या थियो । यत्तिकैमा चैत २६ गते राजा वीरेन्द्रले सात बाम मोर्चा र नेपाली कङ्ग्रेसका नेताहरुलाई बोलाएर भने तपाईँहरूको माग अनुसार नै दल माथिको प्रतिबन्ध फुकुवा लगायतका माग हामी पुरा गर्छौ। तपाईँहरू नै चलाउनुस् देश तर देश र जनतालाई केन्द्रमा राखेर शासन गर्नुहोला भन्दै राजाले सबै बुझाइदिए । २०४६ देखी आज २०७९ सम्म अर्थात् ३३ वर्ष हुन लाग्दा पनि देश र जनता को के हबिगत छ भनिरहनु परेन । भोगिरहनु भएको छ भनिरहनु परेन । २०४६ को आन्दोलनमा उग्र नारा लगाउने, आन्दोलनमा होमिने एक जना युवा म अहिले पूर्ण परिपक्व भएर सोच्दै छु, ओहो हामी कति अन्धा बनेछौँ हगी ! हामीबाट त ठुलो पाप पो भएछ हगी ! के हामीले देशको यही हबिगत देख्न, बनाउन लाई आन्दोलन गरेका थियौँ त ? पश्चात्ताप लाग्छ । को रहेछ बिदेशी बैंकमा पैसा र सम्पत्ती थुपार्ने ? के रहेछ राज दरवार र बीरेन्द्र राजा र उनको परिवारको अवस्था ? किन मारिएको रहेछ वीरेन्द्र राजा र उनको परिवारलाई ? के बिगार गरेका रहेछन बीरेन्द्र र एश्वर्य ले ? धेरै कुराको उत्तर थाहा पाउन दिनदिनै भोगेका भोगाइ मात्र होइन जानुस नारायणहिटी राजदरवार अहिले त यसलाई कुन्नि बतासेहरुको मागी खाने भाँडो, कथित सँग्रालय बनाएका छन क्यारे, हेर्नुस् छर्लङ्ग देखिन्छ । तपाईंहरुलाई कस्तो लाग्छ कुन्नि ! - रामप्रसाद खनाल 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक