20220625

बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित, ग्वाङ्सीमा यस बर्ष अझै धेरै भारी वर्षा र आँधी आउनसक्ने पूर्वानुमान


चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे बर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएको स्थानीय अधिकारीहरुले शनिबार जनाएका छन् । ग्वाङ्सीले यस वर्षको बर्षा ऋतुमा छ पटक भारी वर्षाको अनुभव गरेको छ । यहाँ औसत वर्षा ४९०.८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रेकर्डभन्दा १.६ गुणा बढी हो । यस क्षेत्रको बाढी नियन्त्रण तथा राहत कार्यक्रममा गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, बाढी पहिरो र वर्षाका कारण आएको विपत्तिले तीन हजार ४३६ घरहरू डुबानमा परेको र एक लाख ५९ हजार ३०० हेक्टर कृषियोग्य जमिनको क्षेत्रफलमा क्षति पुगेको छ । प्रत्यक्ष आर्थिक नोक्सानी १२.४८ अर्ब युआन (लगभग १.८६ अर्ब अमेरिकी डलर) भन्दा बढी भइसकेको छ । यस क्षेत्रको बाढी नियन्त्रण राहतको केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार ग्वाङ्सीमा यस बर्ष अझै धेरै भारी वर्षा र आँधी आउनसक्ने पूर्वानुमान गरिएको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक