20220628

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको अनुरोध !


 कलाकारहरूको स्वतन्त्र र अन्तर्राष्ट्रिय छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको आयोजनामा (कोभिडका कारण ढिलो भएको) अमेरिका भर रहेका गायक, गायिका, चलचित्र देखी अन्य क्षेत्र सम्म जुनसुकै विधामा रहेका, भएका जुनसुकै कलाकारहरूको अमेरिकाब्यापी सम्मेलन आयोजना गरिँदै छ । 

उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको नयाँ ढाँचा, नयाँ नेतृत्व चयन, विधान परिमार्जन गर्ने र अन्तर्राष्ट्रिय कलाकार मञ्चका सबै देशमा रहेका निष्क्रिय शाखाहरूलाई विघटन गर्दै नयाँ शाखा बनाउने अभियान लाई मूर्त रूप दिने कार्य योजना तय गर्ने कार्यक्रम पनि छ । 

यो सम्मेलनमा यो वा त्यो होइन सबै क्षेत्रका हरेक कलाकारहरूलाई निमन्त्रणा गरिने छ र सबैको सहभागितामा नयाँ बाटो तय गरिने छ । अमेरिकामा रहेका जुनसुकै विधा र क्षेत्रका सबै कलाकारहरू लाई यो सम्मेलन कहिले कुन सिटीमा गर्दा बढी उपयुक्त होला राय सल्लाहका दिनुहुन सादर अनुरोध गरिन्छ । दशैं तिहारको सेरोफेरोमा वा सो अगावै सम्मेलन गर्ने अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको सोच रहेको छ । 

पुराना, नयाँ सबै क्षेत्र र विधाका कलाकार मित्रहरू, हामी तपाईँको आवाज सुनेर सबैलाई पायक पर्ने ठाउँ र मिति तय गर्ने छौँ तसर्थ तपाईँहरूको राय सल्लाह यहाँ, इन्बक्समा वा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको इमेल iafamerica@gmail.com मा पठाइ सहयोग गरिदिनुहुन सादर अनुरोध गरिन्छ । यो सम्मेलन आफ्नै सिटीमा आयोजना गर्न कुनै कलाकार साथीहरू र समूह तयार हुनुहुन्छ भने वा अमेरिकामा रहेका कुनै पनि सामाजिक संस्थाहरूले यो सम्मेलनको आयोजना गरी आतिथ्यता र ऐक्यबद्धता जनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । 

* संपर्क फोन नम्बर - 703-419-0924.

* iafamerica@gmail.com

* rampdkhanal@gmail.com

-  अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका

www.IAFAmerica.com


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक