20220608

काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच पाँच वर्षका लागि सम्झौता : नबिल बैङ्कको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने


काठमाडौँ । नबिल बैङ्कको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन् । आज काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैङ्कले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ ।

तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शौचालय प्रयोग गरेबापत बैङ्कले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैङ्कले गर्नेछ । कामपाले यसअघिनै सहकार्यमा सञ्चालन गर्ने  शौचालय पहिचानको लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरिसकेको छ । कामपा क्षेत्रभित्रका होटल, रेस्टुराँ, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई सम्पर्क राख्न आग्रह गरेको थियो ।  कामपासँग सहकार्य भएको सङ्घसंस्थाको शौचालयमा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले सबैमा एकै किसिमको सङ्केत चिन्न तयार गरेको कामपाले जानकारी दिएको छ ।  

सङ्केत चिह्नमा लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न रहेको छ । सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । नवनिर्वाचित महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकको निर्णयअनुसार हाल कामपामा रहेका झण्डै ५८ सार्वजनिक शौचालयलाई मर्मत सम्भार गरी पुनः प्रयोग गर्ने र सहकार्यमार्फत तत्काल ६० शौचालय प्रयोगमा ल्याउन लागिएको कामपाको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक