20220617

संकल्प पत्रमा मात्र होइन एमाले जन प्रतिनिधिको ब्यबहारमा पनि यी कुरा देख्न पाए जनतालाई आनन्द हुन्थ्यो होला हगी !

 

कविता : ए स्वतन्त्रहरू हो !


ए स्वतन्त्रहरू हो, आऊ अगाडि जुटेर 

फाइदा पुर्‍याउनुहुन्न राक्षसी राजलाई 

हामी आफू आफू लडेर र फुटेर,  

यदि छ भने माया देश र जनताको

हुँदैन केही एक्ला एक्लै आएर अब  

सकिँदैन भ्रष्ट जालो च्यात्न देशव्यापी सजिलै 

त्यसैले बिन्ती छ दुई हात जोडेर 

रहर गरेर उम्मेदवारी दिन मात्र नखोज 

सबैले काठमाडौँ र सहर मात्र पनि नरोज 

पूर्व मेची देखी पश्चिम महाकाली सम्म हो नेपाल 

हिमाल पहाड र तराइ सबै हो नेपाल 

काठमाडौँ लाई कर्णाली दुख्नु पर्छ 

तराइलाई पहाड र हिमाल दुख्नु पर्छ 

हिमाललाई पहाड र तराइ दुख्नु पर्छ

हेर्दा हेर्दै ढिलो भैसकेको छ,

देश र जनता रुनु सम्म रोइ सकेको छ 

त्यसैले आऊ, हिम्मत गर 

सुझबुझका साथ अगाडि सर 

जनताको बोली बोल 

नेपाल आमाको बोली बोल 

ढिलो नगरी अब मुख खोल 

सङ्गठन नै बल हो मनन गर 

एक्लैले केही हुन्न 

टिम वर्क मा विश्वास गर 

विज्ञहरूको समूह बनाऊ र भर पर 

धेरै ढिला हुन सक्छ अब 

जहाज डुब्नु अघि नै सोंच अब 

तर्नु छ समुन्द्र, 

पार लगाउनु छ जहाज  

बाँच्नु छ सबै जन 

हाँस्नु छ सबै जन 

धावा बोल कोही प्रचण्ड सँग लड्छु भन्दै  

धावा बोल कोही ओली र देउवा सँग लड्छु भन्दै 

छोड्न हुन्न कुनै माकुने, बाबुराम, यादव, महतोहरू 

लिस्ट बनाऊ एक एक देशका भारहरू को 

होइन भने हामी त रहौँला 

तर, देश नरहन सक्छ 

फुटेर होइन जुटेर आऊ 

जनतालाई भरोसा दिलाऊ 

काँधमा काँध मिलाऊ

अब पनि नबुझ्ने हो भने 

देऊ एक्ला एक्लै उम्मेदवारी 

पिट आ आफ्नै मात्रै डँका 

कब्जा गर्नेछन् तिनै राक्षसले लङ्का  

जफत हुने छ जमानत 

अनि भोग तिनै देशका भारहरूको राक्षसी राज !

अरु बाँकीनै के रहन्छ र काम र काज !


- रामप्रसाद खनाल, जुन १७, २०२२ 

**********


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक