20220730

धम्क्याउने काम जारी छ प्रचण्डको, फेरी आयो अर्को धम्की, माधव नेपालको पार्टीले पनि सोचेभन्दा बढी सिट ल्याउने रे !


  काठमाडौँ / प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस पछिको ठूलो पार्टी माओवादी बन्ने दाबी गरेका छन्। शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले आफूले यस विषयमा कांग्रेससंग कुरा गरिसकेको र त्यसो नभए अवस्था सहज नहुने बताए। ‘म प्रष्टसँग भन्न चाहन्छु, अहिले यही छ दलीय गठबन्धन कायम हुन्छ। यसलाई दायाँबायाँ गरिन्न। उनले भने, ‘सायद पहिलो तपाईंहरु नै हुनुहुन्छ, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ अन्यथा सहज हुन दिइदैन्।’

यसै बिच नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने । फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए । उनले भने, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ/प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।”


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक