20220725

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा पर्दा ६ जनाको मृत्यु

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ । गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा ३ महिला र ३ पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका यात्रु निसान मगरले बताएका छन् । पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनकबहादुर शाहीले धेरै घाइते भएको तर, सबै विवरण आईनसकेको बताउनु भयो । उहाँका अनुसार बस सडकबाट ३ सय मिटर तल खसेको छ ।

प्रहरी र स्थानीयले उद्दार गरिरहेको उहाँले बताउनुभयो । घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको छ । घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो । घटनास्थलमा अहिलेसम्म ६ जनाको शब फेला परेको रिब्दीकोट गाउँपालिका–२ का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले बताउनु भएको छ । 

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक