20220725

नागरिकता विधेयकका बारेमा रबीन्द्र मिश्रको यस्तो टिप्पणी

May be an image of 1 person, sitting and indoor

कतिपय साथीहरूले नागरिकता विधेयकबारे किन नबोलेको भन्ने प्रश्न गर्नुभएको छ। वास्तविकता के हो भने २०७६ साल वैशाखमैँ विवेकशील साझा पार्टीले नागरिकताबारे आफ्नो धारणा सार्वजनिकरूपमा स्पष्ट पारिसकेको थियो, जुन मेरो पनि धारणा हो। त्यतिबेला सबै महत्वपूर्ण प्रकाशनहरूमा सो धारणा प्रकाशित भएका थिए।

हालै संसदबाट पारित भएको नागरिकता ऐनलाई संसोधन गर्ने विधेयकका हकमा भन्नु पर्दा: यसका कयौँ प्रावधान सकारात्मक छन् तर नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह लगत्तै नेपाली नागरिकता दिन सकिने व्यवस्था घातक छ।

संसदीय समितिले त्यस्ता महिलालाई ७ वर्ष नेपालमा निरन्तर वसोबास गरेपछिमात्र नागरिकता दिन गरेको सिफारिस सहितको विधेयक फिर्ता लिएर सो प्रावधान हटाइ सरकारले नयाँ विधेयक पेस गर्नु अझ घातक विषय हो।

अन्तर्राष्ट्रियरूपमा पनि धेरै देशमा आफ्ना नागरिकसँग विवाह गर्ने विदेशी नागरिकलाई निरन्तर ५/७ वर्ष वसोबास गरेपछि र अन्य कतिपय शर्तहरू पुरा गरेपछिमात्र नागरिकता दिने गरिन्छ।

विदेशीहरूसँगको विवाहका सन्दर्भमा, नेपालीहरूको धेरैजसो विबाहारी हुने भारतमा पनि सो समयसीमा ७ वर्ष तोकिएको छ।

नेपालमा पनि सो समयसीमा ७ वर्ष नै तोकेर नागरिकता नपाउँदासम्म पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानूनीरूपमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न र अन्य अत्यावश्यक कार्यहरू गर्नका लागि विशेष परिचय पत्र प्रदान गर्न सकिन्छ।

नागरिकताको विषयलाई व्यक्तिभन्दा माथि राखेर देशको बृहत्तर हितको परिप्रेक्ष्यमा हेरिनु पर्छ। नेपालमा निरन्तररूपमा नागरिकताको विषयलाई राजनीतिकरण गर्नु राजनीतिक बेइमानी, गैरजिम्मेवारीपना र राष्ट्रघात हो।

एकातिर संसदीय समितिले तोकेको ७ वर्षको समयसीमा संघीय निर्वाचन घोषणा हुनु ठिक अघि हटाइएको छ भने अर्कोतर्फ संवन्धित समितिमा दफाबार छलफलका लागि नै नपठाइ संसोधित विधेयक पारित गरिएको छ।

राष्ट्रिय सभाले उक्त विधेयकलाई फिर्ता गरोस् भनि जोडदार माग गर्दछु।

रवीन्द्र मिश्र

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक