20220708

अमेरिकाको भर्जिनियामा बसोबास गरिरहेका नेपाली मुलका उज्ज्वल ठकुरीलाई फेरी अर्को सफलता, पाए कास्य पदक, उनी भन्छन "बिश्व च्याम्पियन पनि भएँ"


 हाल अमेरिकाको भर्जिनियामा बसोबास गरिरहेका उज्ज्वल ठकुरीले फेरी अर्को ठुलो सफलता हासिल गरेका छन । उनी र उनका साथ मा १३२ KUMITE TEAM ROTAION SHOBU SANBON MALE खेल खेलेका ३ जना अमेरिकन खेलाडीले कास्य पदक हासिल गरेको ठकुरीले नेपाल मदर डट कम लाई बताए । ठकुरी कराते खेलका बिभिन्न बिधामा ९ वटा किर्तिमान कायम गरी गिनिज बुकमा नाम प्रकाशित गरिसकेका नेपाली मुलका अमेरिकन हुन ।


ठकुरीका अनुसार अमेरिकामा भएको 10th WUKF  WORLD  KARATE CHAMPIONSHIPS 2022 FT - LAUDERDALE - FLORIDA उनलाई यो सफलता हासिल भएको थियो । यो खेल खेल्न अमेरिकाको दुइ राष्ट्रिय कराते संघले मात्र देश भरीबाट खेलाडी छनौट गर्न सक्थ्यो।  AAU  र USAKF दुई राष्ट्रिय संघ जसले अन्तरराष्ट्रिय खेलाडी छनौट गर्न पाउन्छन ति हुन AAU - AMATEUR ATHLETIC UNION OF THE UNITED STATES, तेस्तै (USAKF - UNITED STATE OF AMERICA KARATE FEDERATION )।  



उज्ज्वल ठकुरीले USAKF बाट अमेरिका देशको लागि बिश्व च्याम्पियनखेल खेल्न अनुमति पाए । उज्ज्वल ठकुरी छनौट भएका थिए दुई खेलमा ।  १. (115 KUMITE SHOBU SANBON MALE VETERANS ALL ) यो एकल भिडन्त  खेलमा उज्ज्वल ठकुरी FIRST ROUND मै MEXICO संघ २-१ ले हार ब्यहोरे भने दोस्रो खेल थियो  (132 KUMITE TEAM ROTAION SHOBU SANBON MALE ) यो खेलमा ३ जनाको टिम हुन्छ र फाइट ६ मिनेटको हुन्छ, यो टिम खेल समुहमा ९ चोटी बिश्वकिर्तिमान उज्ज्वल संग अमेरिका बाट २ चोटी बिश्व च्याम्पियन खेलाडी CHRIS WILKS र HISAO OSAKO एक टिममा सहभागी थिए । यो खेलमा सहभागी उज्जवल सहित तीन खेलाडीले कास्य पदक पाएको ठकुरीले बताए । यो खेलमा सेमीफाइनलमा PORTUGAL संग १०-८ ले अमेरिका पराजित हुनु पर्यो र पोर्तुगल दोस्रो भए भने , ENGLAND ले पहिलो स्थान ओगट्न सफल भएको उनले बताए ।  


यो खेलमा ३४ राष्ट्रका १९०० खेलाडीहरु सहभागी भएका थिए । यो WUKF कराते खेलमा  बिश्वकप पनि हुन्छ ।  बिश्व च्याम्पियन पनि हुन्छ र यूरोप चाम्पियान पनि हुन्छ तर बिश्व च्याम्पियन दुई दुई बर्षमा हुने गर्छ । ठकुरीले ९ चोटी बिश्वकिर्तिमान मात्र नभएर बिश्व च्याम्पियानखेलमा कास्य पदक हात पारि बिश्व च्याम्पियन पनि बन्न सफल खेलाडी भए । नेपालले भाग लिन नसकेता पनि नेपालले पनि जिते सरह हो मेरो जित उज्ज्वल ठकुरी भन्छन । उनले आफुलाइ यस मा सहयोग गर्ने साथ दिने सम्पूर्णलाइ धन्यवादआ पनि दिएका छन । बधाई र शुभकामना ठकुरीलाई नेपाल मदर डट कमको तर्फबाट पनि । 


 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक