20220801

"प्रचण्ड बाबुराम ज्यानमारा अपराधीहरूले मेरो १७ बर्से भाइ मारे । न्याय मागेर अनशन बसेको मेरो बाबा लाई मारे । आमा र मलाई पनि मार्न खोजिरहेका छन्, कुन दिन मार्ने हुन ठेगाना छैन" - नुर प्रसाद अधिकारी

 "प्रचण्ड बाबुराम ज्यानमारा अपराधीहरूले मेरो १७ बर्से भाइ मारे । न्याय मागेर अनशन बसेको मेरो बाबा लाई मारे । आमा र मलाई पनि मार्न खोजिरहेका छन्, कुन दिन मार्ने हुन ठेगाना छैन । न्यायका लागि सास हुँदासम्म लड्छु, खाओ बादी अपराधीहरूका विरुद्ध लड्छु । आश्चर्य लाग्छ यस्तो पनि देश हुँदो रहेछ जहाँ पुलिस, अदालत, प्रशासन सब सेटिङमा चल्दो रहेछ, हामी जस्ता सोझा साझा निमुखा जनता न्याय माग्न कहाँ जाने ? कोही छ हाम्रा लागि बोलिदिने ?? भोलि हामीलाई जस्तै तपाईँलाई पनि पर्न सक्छ । बोल्नुस्" यो भनाइ हो नुर प्रसाद अधिकारीको । २० वर्षको उमेरमा सत्र वर्षको भाइ मारिए पछि, त्यस लगत्तै अनशनकै क्रममा बाबु मारिए पछि, आमा र आफूलाई पनि मार्न बारम्बार प्रयास भए पछि बिछिप्त बनेर न्यायका लागि भौँतारिरहेका नुर प्रसाद र उनकी आमा गङ्गामाया लाई फसाउन प्रचण्ड बाबुरामको निर्देशनमा प्रहरी प्रशासनले के मात्रै गरेको छैन उस्तै मान्छे भएको भए सुसाइट गर्थे तर यिनीहरू न्यायका लागि अहिले पनि लडिरहेका छन् । हो उनले अन्तर्वार्ताका क्रममा बोल्दा मिलाएर बोल्न जानेनन् होला, नजानेर नबुझेर केही गल्ती पनि बोले होलान्, तर यो स्तरको पिँडा भोगेको मान्छेको यो आक्रोश स्वाभाविक हो । यिनले न्याय पाउनै पर्छ । उनको यो पछिल्लो अन्तर्वार्ता हेरे पछि, उनीसँग प्रत्यक्ष कुरा गरेपछि, बुझे पछि भन्न मन लाग्यो - नेपालमा मानवहरूको होइन दानव राक्षसहरूको राज चलिरहेको छ । जनताले न्याय निसाफ पाउन अब निकै कठिन मात्र होइन असम्भव नै भएको छ । नुर प्रसाद र उनको परिवार मात्र होइन यी र यस्ता लाखौँ परिवार छन् नेपालमा जसले अन्याय सहेर बाँचिरहेका छन् । यस्तो पनि देश हुँदो रहेछ । कहाँ छन पत्रकार र मिडिया ? के गर्दै छन मानबाधिकारबादी संघ संस्थाहरु ? के नेपालीहरुलाई आफ्नै घरमा लाश नपरुन्जेल मानबियताले छुन छाडेको हो ?  बाँकी कुरा उनको यो अन्तर्वार्तामा हेरौँ र आफै बुझ्ने प्रयास गरौँ । 

           यो अन्तर्वार्ता लिने पत्रकार मित्र उमेश सुबेदीजीलाई सधन्यवाद एउटा थप अनुरोध छ - ठुला मिडियाहरू, ठुला भनिने पत्रकारहरू प्रचण्ड र बाबुरामसँग सँगै लन्च र डिनर गर्छन् तसर्थ उनीहरू ले यस्ता समाचार लेख्दैनन् लेखे पनि उल्टै नुर प्रसाद र गङ्गामाया हरू दोषी देखाउन तत्पर हुन्छन् कृपया तपाईँ अझ गहिराइमा गएर यसको बारेमा अझै सत्य तथ्य बाहिर ल्याइदिनुस्, नेपाल मदर डट कम तपाईँको साथमा छ । सत्य बोल्ने, लेख्ने, बाहिर ल्याउने लाई मात्र हामी पत्रकार मान्छौँ ।    

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक