20220810

बझाङ कने बुंगल नगरपालिका वडा नम्बर ९ मा आमा, छोरा र छोरी मृत अवस्थामा फेला, अनुसन्धान जारी

  बझाङ कने बुंगल नगरपालिका वडा नम्बर ९ मा आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेका छन् । वडा नम्बर ९ को रारू भन्ने ठाँउकी २२ बर्षिया गिता पार्की उनका ३ बर्षिया छोरा भुपेन्द्र पार्की र ५ बर्षिया छोरी रूखमा झुन्डिएको अवस्थामा फेला परेको वडा नम्बर ९ का वडा अध्यक्ष हरिश सिहँले बताए । गएराति १२ बजे उनका श्रीमा पुष्कर पार्की भारतबाट घर फर्केका थिए भने विहान छोरा, छोरी र श्रीमती रूखमा पासो लगाएर मृत अवस्थामा फेला परेका वडा अध्यक्ष सिहँले बताए । घटना रहस्यमय भएका कारण जिल्ला प्रहरी कार्यालय बाट घटना स्थल तर्फ प्रहरिको टोलि खटिएको छ । मृतक ५ बर्षिया बालिकाको नाम भने खुल्न सकेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक