20220822

मुग्लिङ–पोखरा सडक बिस्तारको काम, कहिले जाला घाम !

 

नारायण खड्का

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार कार्य अनेकन झमेलामा फसेर ढिलो हुन थालेको छ। विस्तार कार्यमा सानाठूला बजार क्षेत्र हटाउनेरूख काट्नेदेखि प्राकृतिक श्रोतमा स्थानीय पालिकाको दाबीसम्मको चुनौती छ। अर्को ठूलो चुनौतीचाहिँ मर्स्याङ्दी जलविद्युत गृह छलेर सडक अगाडि लाने पनि हो।

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार कार्य अगाडि बढाइएको छ। सन् १९७४ मा चीन सरकारको सहयोगमा राजमार्गको नौबिसे–पोखरा १७४ किमी लम्बाइको सडक खण्ड निर्माण गरिएको थियो। एक लेन मात्र निर्माण गरिएको सडक आर्थिक वर्ष २०४९/०५० मा दुई लेनमा विस्तार गरिएको हो।

मुग्लिनबाट करिब १६ किमीसम्म दुई लेन र त्यहाँबाट पोखरासम्म ‘इन्टरमिडियट लेन’ विस्तार गरिएको थियो। गत आर्थिक वर्षबाट राजमार्गको मुग्लिन–पोखरा खण्ड चार लेनमा विस्तार कार्य अगाडि बढाइएको छ।

आर्थिक वर्ष २०८५/०८६ सम्म सडकको स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता गरिएको करिब एक वर्ष बितेको छ। मुग्लिन–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी सडकको स्तरोन्नति कार्य अगाडि बढाइएको छ। यो सडकखण्ड निर्माण सुरु गरेको पहिलो वर्ष लक्ष्य अनुसार प्रगति हासिल गर्न सकेको छैनन्।

चार लेनमा विस्तार हुन लागेको मुग्लिन–पोखराको दूरी करिब ८८ किमी छ। जसमा आँबुखैरेनी–पोखराको लम्बाइ ८० किमी छ। सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले आँबुखैरेनी–पोखरा सडकलाई आँबुखैरेनी–जामुने (४१ किमी) पूर्वी खण्ड र जामुने–पोखरा (३९ किमी) पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ।

 पूर्वी खण्ड (आँवुखैरेनी–जामुने भञ्ज्याङ)

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात आँबुखैरेनीबाट–जामुने भञ्ज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेसन कम्पनी लिमिटेडलाई ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा जिम्मा दिइएको छ। सो ठेक्काको सम्झौता वि.सं. २०७८ वैशाख २ गते भएको थियो। कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैर सहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ। पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्कीसहित १७ प्रतिशत रहेको छ।

निर्माण सुरु भएको वर्षदिन हुन लागेपनि निर्माणको गति कम देखिएको छ। यो अवधिमा निर्माण पक्षले १५ प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य लिएपनि ३ दशमलव ५ प्रतिशत मात्र प्रगति भएको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले आईएनएसस्वतन्त्र समाचारलाई बताउनुभयो।

यो खण्डमा सडक सिमा भित्र रहेका ९५ प्रतिशत रूख काटिसकिएको र सडक फराकिलो बनाउने काम भइरहेको उनले बताए। प्रमुख सुवेदीका अनुसार यस खण्डमा साना ठूला गरी १८ वटा पुल बन्ने छन्। अहिले ५ वटा पुल निर्माण भइरहेका छन्। कोभिडकै समयमा सडक ठेक्का सम्झौताउपकरण र कर्मचारी ढिलो आउँदासडकसीमा भित्रका विद्युत पोल नहटाउँदाभत्काउनुपर्ने भौतिक संरचनाको क्षतिपुर्ती समयमा नआउँदावर्षास्थानीय तह र संघको आआफ्नै कानून जस्ता कारणले कामले सोचेजस्तो गति लिन नसकेको प्रमुख सुवेदीले बताए। प्रमुख नगेन्द्र सुवेदीले भन्नुभयो, ‘कन्ट्याक्टरको तर्फबाट पनि जति सक्रियताका साथ काम अगाडि बढाउनुपर्ने थियो त्यो हुन नसक्दा पनि ढिलाई भयो।’

यो खण्डमा करिव ५०५ वटा भौतिक संरचना भत्काइने रेसिडेन्ट स्पेसलिस्ट चिन्तामणि शर्माले बताउनुभयो। ‘पूर्वी खण्डको दमौली र डुम्रे खण्डलाई नसमेटी ६ करोड रुपैयाँ बराबरको क्षतिपुर्ती बेहोर्नुपर्ने सर्भेमा देखिएको छ’चिन्तामणिले आईएनएसस्वतन्त्र समाचारलाई भन्नुभयो, ‘हालसम्म प्राप्त ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षतिपुर्तीको रकमबाट बितरण गरिसकिएको छ।’

पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँमा पर्दछ। यस खण्डभित्र आँबुखैरेनीविमलनगरडुम्रेछिर्कनेघाँसीकुवातालघारेदमौलीचापाघाटजामुनेथर्पुखैरेनीटारदुलेगौंडाकोत्रे लगायत सानाठूला बजार क्षेत्रहरु पर्दछन्। यी बजारहरु मध्ये बढि मात्रमा आँवुखैरेनीविमलनगरडुम्रेछिर्कनेदमौली लगायतका बजार क्षेत्रका भौतिक संरचनाहरु प्रभावित हुने छन्।

पश्चिम खण्ड (जामुने भञ्ज्याङ–पोखरा)

यस्तैयोजनाको जामुने भञ्ज्याङ–पोखरा (पश्चिम खण्ड) सडक स्तरोन्नतिको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड रुपैयाँमा वि.सं. २०७८ जेठ ३ गते सम्झौता गरेको छ। निर्माण सुरु भएको एक वर्षभित्र ६ प्रतिशत भौतिक प्रगतिको लक्ष्य लिएपनि हालसम्म १ प्रतिशतमात्र काम सम्पन्न भएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले बताउनुभयो। यो खण्डको वित्तीय प्रगति मोबिलाइजेसन पेश्कीसहित ७ दशमलव ५ प्रतिशत भएको उहाँले बताउनुभयो।

ठेक्का सम्झौता जेठमा भए तापनि काम सुरु भदौबाट भएको थियो’इन्जिनियर नारायण पौडेलले आईएनएसस्वतन्त्र समाचारलाई भन्नुभयो, ‘काम सुरु गरेलगत्तै चाडपर्वका कारण कर्मचारी परिचालन गर्न सकिएन। अर्को कोरोना कहरका कारण चीनबाट उपकरण र कामदार पनि समयमा ल्याउन सकिएन। अहिले वर्षाको समय सडक फराकिलो गर्ने कामले गति लिन सकेको छैन।’

उनका अनुसार पश्चिम खण्डमा हालसम्म जम्मा ३ किलोमिटरमात्र सडक सीमाको माटो काट्ने काम सकिएको छ भने करिव ९५ प्रतिशत रूख कटानको काम सकिएको छ। यस खण्डको सडक सीमाक्षेत्रभित्रका विद्युतको पोलहरू नेपाल विद्युत प्राधिकरणले नै हटाउने इन्जिनियर पौडेलले बताउनुभयो।

सडक विस्तारका लागि घरटहरापाटीपौवापर्खाल लगायतका गरी तनहुँ खण्डको खैरेनीटार बजार क्षेत्र बाहेकका १३८ वटा भौतिक संरचना भत्काइने भएको छ। उक्त संरचनाको क्षतिपूर्तिका लागि आयोजनाले २ करोड ४५ लाख ३९ हजार ६३३ रुपैयाँ रकम दिन स्वीकृत गरेको उनले बताए। उनका अनुसार हालसम्म करिव ४२ घरलाई ४० लाख बराबरको क्षतिपूर्ति वितरण गरिसकिएको छ।

त्यस्तैखानेपानीको संरचना हटाउन पनि समस्या रहेको बताइएको छ। जामुनेदेखि सेती नदी पुलसम्म सडकको स्तरोन्नति गर्न सो क्षेत्रमा खानेपानी संस्था र उपभोक्ता समितिका पाइप लाइन तथा संरचना रहेका छन्। उनका अनुसार करिव ३० वटा खानेपानी उपभोक्ता समितिहरु योजनाको सम्पर्कमा आएका छन्।

पालिकाको अवरोध

सडक चौडा गर्ने क्रममा ढुङ्गा र माटो निस्के पनि निर्माण सामग्रीमा स्थानीय तहबाट ‘हाम्रो हो’ भनी रोयल्टी माग भएको र ढुवानी गर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको योजनाले जनाएको छ। सो विषयमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय सरकारसँग धेरै पटक छलफल भए पनि समाधान हुन नसकेको बताइएको छ।

सडक निर्माणका लागि अत्यधिक मात्रामा नदीजन्य सामग्री आवश्यक पर्ने र सेती नदी तथा आसपासका क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्ने उल्लेख छ। स्थानीय तहबाट सो सामग्रीको ठेक्कापट्टा हुँदा योजनालाई निर्माण सामग्रीको अभाव हुने र यस्तो भए सडक विस्तारमा थप ढिलाई हुने देखिएको छ।

यस्तैअमरसिंह चोकदेखि विजयपुर पुलसम्मको सडकमा उत्तरतर्फको ठूलो क्षेत्रमा आकाशे पानी तथा नहर र कुलोको पानी सडकमा नै आउने अवस्था छ। सडकको दक्षिणी भेगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा रहेकाले पानीको ‘क्रसिङ’ गर्नसक्ने अवस्था नभएको सडक विभागले बताएको छ।

अहिले वर्षाको समयमा आँबुखैरेनीदेखि मुग्लिनसम्म ठाउँठाउँमा पहिरो जाने ठाउँ रहेकाले त्यसको समाधान गरिने भएको छ। पानी जम्ने र नाला थुनिने समस्या रहेकाले सडक भासिने हुँदा निर्माण व्यवसायीले नै खुलाइरहेको सडक विभागले बताएको छ।

राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रम अन्तर्गत साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गरिने क्रममा तनहुँ क्षेत्रमा करिव ६ हजार ७५० रूख काटिने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। यस्तैसडक बिस्तारकै क्रममा कास्की खण्डमा एक हजार २५० वटा रूख कटान हुने बताइएको छ।

विश्व बैंकबाट ऋण सहयोगमा सडक चार लेनमा विस्तार गर्ने अवधारणाअनुसार विश्व बैंकबाट ऋण सम्झौता गरिएको छ। यी दुबै ठेक्कामा तीन वर्ष निर्माणएक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भार अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता गरिएको छ। निर्माण गरेकै कम्पनीले मर्मत गर्नुपर्ने हुँदा राम्रो गर्नुपर्ने छ। यस्तैआँवुखैरेनी–पोखरा सडक स्तरोन्नति गर्दा साना ठूला गरी ३१ वटा मोटरवेल पुल निर्माण गरिने भएको छ।

यताआँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने सडक स्तरोन्नतिको डिजाइन हुँदैछ। यो खण्डमा मर्स्याङ्दी जलविद्युत गृह रहेकाले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्ने तयारी भएको योजनाले जनाएको छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक