20220803

मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचन गर्ने विषयमा सहमति


 प्रमुख सत्तारुढ गठबन्धनबीच मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचन गर्ने विषयमा सहमति भएको छ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुबीच निर्वाचन आयोगले सिफारिस गरेको मितिमै दुबै निर्वाचन सम्पन्न गर्न उपयुक्त हुने सहमति भएको जनमोर्चाकी नेता दुर्गा पौडेलले बताउनुभयो ।  सत्तारुढ गठबन्धनबीच बिहिबार पुन: बस्ने बैठकमा निर्वाचनको मितिका विषयमा लिखित सहमति हुनेछ । बैठकमा नेताहरुबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका विभिन्न मितिमा छलफल भएपनि मंसिर ४ गते नै गर्ने भन्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको हो । 

सत्तारुढ गठबन्धनबीच भएको सहमतिको आधारमा अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै निर्वाचन सम्पन्न गराउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक