20220806

चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी, उनका परिवारमाथि प्रतिबन्ध घोषणा घोषणा


 चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध घोषणा गरेको छ । पेलोसीले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले पेलोसी र उनका परिवारमाथि प्रतिबन्ध घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

 केही दिनअघि मात्रै पेलोसीले ताइवान भ्रमण गरेपछि रुष्ट बनेको चीनले पछिल्लो कदम चालेको हो । पेलोसीको भ्रमणपछि नै चीनले ताइवान नजिकको क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ । चीनका विदेशमन्त्री वाङ यीले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘पेलोसीले चीनको आन्तरिक मामिला गम्भीर हस्तक्षेप गर्दै चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई क्षति पुर्‍याएकी छिन् ।’ 

 पेलोसीको ताइवान भ्रमणले चीनको एक चीन नीति उल्लंघन गर्नुका साथै ताइवान क्षेत्रमा शान्ति र स्थिरतामा गम्भीर धक्का पुगेको चीनले जनाएको छ । चीनले ताइवानलाई आफ्नो भूमि मान्दै आएपनि पेलोसीले भने ताइवान आफैंमा स्वतन्त्र सार्वभूमि भूमि भएकोले उसको सुरक्षा र लोकतन्त्रमा साथ दिने बताउनुभएको छ । 

यसै बिच नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का आगामी साउन २४ गते तीन दिनका लागि चीन भ्रमणमा जाने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का चीन जान लाग्नुभएको हो । दुई मन्त्रीबीच चीनको क्विङ्गदाओमा द्धिपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्री खड्काको सम्मानमा समकक्षी यीले भोजको समेत आयोजना गर्ने तालिका रहेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइपेइ भ्रमणलगत्तै चीन–ताइवानबीचको विवाद उत्कर्षमा पुगेको छ । यद्यपी दुई मुलुकको विवादले भ्रमणलाई कुनै असर नगर्ने परराष्ट्र मामिला जानकारले बताएका छन् । मन्त्री खड्काको भ्रमण तालिका पुर्वनिर्धारित नै भएकाले चीन र ताइवानको विवादले असर नगर्ने त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय मामिला अध्ययन केन्द्रका अध्यापक डा खगनाथ अधिकारीले बताउनुभयो । नेपालले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता पटक पटक स्पष्ट पारिसकेकाले ताइवान सन्दर्भमा कुनै फरक दृष्टिकोण नहुने डा. अधिकारीको भनाइ छ ।

यद्यपी, नेपालले चीनको समर्थन गरेको अर्थ लाग्न सक्ने भएकाले सरकारी पक्ष गम्भीर भने हुनुपर्ने विज्ञको सुझाव छ । बर्तमान सरकारका तर्फबाट हालसम्म चीनको भ्रमण हुन नसकेको अवस्थामा छिमेक सम्बन्धमा जोड दिनु उपयुक्त भएपनि जारी तनावका बीच नेपालले बेइजिङ्गको समर्थन गरेको सन्देश जान सक्नेतर्फ सजग रहन आग्रह गरिएको छ ।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक