20220814

अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु


अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले जनाएको छ । भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो सङ्ख्यामा गाउँ र बस्ती प्रभावित भएको बताइएको छ । प्राकृतिक प्रकोपले सयौं आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन प्रान्तहरूमा हजारौं हेक्टर खेत र दसौं बगैंचाहरू प्रभावित भएका छन् । करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एक गाउँमा आएको व्यापक बर्षापछि आएको विशाल बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक