20220803

उहिले अमेरिकालाई साम्राज्यवादी भन्थे, वास्तवमा अर्काको देश निल्न खोज्ने चीन र रुस यतिखेर साम्राज्यवादी हुन् !

 - रामचन्द्र भट्ट 

उहिले उहिले अमेरिकालाई साम्राज्यवादी भन्थे । तर वर्षौदेखि ‘माई बाप हामीलाई तिम्रो ५१ औँ राज्य बनाईदेउ’ भनेर बिन्ति बिसाउँदा पनि सुनेन । जनमत संग्रहबाट अमेरिकामा गाभिन्छौँ भन्दा पनि लिएन । पोर्टोरिको, गुआम, युएस भर्जिन आईल्याण्ड, समोआले जति गर्दा पनि ५० बाट ५१ राज्यमा समाहित गरेको छैन अमेरिकाले । 

वास्तवमा साम्राज्यवादी चाहि रुस र चीन रहेछन् । रुसले स्वतन्त्र युक्रेनलाई खानकै लागि यो युद्ध गर्दैछ । उता तिब्बत, हंगकंग खाएर नअघाएको ड्रागन यतिखेर ताईबान कब्जाको प्रयासमा छ । २ करोड़ ३० लाख जनसंख्या भएको, छुट्टै शासन व्यवस्था, अलग्गै राष्ट्रपति भएको विकसित देश ताईबानलाई तिब्बत जसरी नै चीनले खान खोजिरहेको छ ।

 

अमेरिकाले ताईबान लिन खोज्ने चिनिया प्रयासको कडा मुकाबिला गर्ने संकेत पहिलेदेखिनै दिएको थियो । अघिल्लो साता अमेरिकी राष्ट्रपति जोसेफ बाईडेनले सी जिन पिंगलाई अमेरिका ताईबान छुट्टै देश हो र आवश्यक पर्दा सहयोग गर्न  अमेरिका तयार रहेको जानकारी दिएका थिए । तर चिनिया पक्षले ‘आगोसँग नखेल्न’ भनेर धम्की दिएपछि अमेरिका किन दब्थ्यो र ? 

परिणाम-राष्ट्रपति र उपराष्ट्रपति पछि तेस्रो बरियताकी सभामुख नेन्सी पेलोसी एअरफोर्स बिमानमा राजधानी ताइपेई पुगेकी छिन् । अमेरिका-चीन टसल बढेर जाने संभावना छ । तर चीनको धम्की मात्र भएको र ताईबानमा आक्रमण गर्ने हिम्मत भने तत्कालै छैन । वास्तवमा अर्काको देश निल्न खोज्ने चीन र रुस यतिखेर साम्राज्यवादी हुन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक