20220809

Trump issues statement on FBI raid of Mar-A-Lago

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआई छापा !
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईले छापा मारेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो सङ्ख्यामा एफबीआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएका छन् । उनीहरुले उहाँको त्यहाँस्थित घरलाई नै नियन्त्रणमा लिएका छन् । एफबीआईको यो छापा उहाँ अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यहरुका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ । साथै गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकोले त्यस विषयका लागि पनि यो छापामा मारिएको अनुमान गरिएको छ । यस विषयमा संसदीय छानबिन जारी छ । एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्व अमेरिकी राष्ट्रपति न्युयोर्कको ट्रम्प टावरमा रहेका बताइएको छ ।

 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक