20220913

न्याय निसाफका लागि भनिने अदालत प्रचण्ड, देउवा, ओली, बाबुराम, माकुनेहरुको नाङ्गै नाच्ने "डान्स बार" भएछ, धरो खुस्काएरै देखाइदिए चोलेन्द्रले बयानमा

 


चोलेन्द्र चोखा रहेनछन उनका बयानहरुबाटै पनि बुझियो । तर न्याय निसाफका लागि भनिने अदालत प्रचण्ड, देउवा, ओली, बाबुराम, माकुनेहरुको नाङ्गै नाच्ने "डान्स बार" भएछ, धरो खुस्काएरै देखाइदिए चोलेन्द्रले बयानमा । 

यती हुँदा, भोग्दा अझै पनि हामी बुझ्दैनौँ भने, महाभियोगको नाटकको अर्थ सम्झिंदैनौं भने हामी चेतनशील प्राणी मान्छे हौं कि होइनौं आफैले आफैलाई प्रश्न गर्ने बेला भएको छ । 

महाभियोग लगाउनु पर्ने प्रचण्ड, देउवा, ओली, माकुने, बाबुरामहरू हुन चोलेन्द्रहरु त उनीहरूले जन्माएका, मल जल गरेका, हुर्काएका सहायक पात्र मात्र हुन । 

महाभियोग लगाउने बेला यही हो, यिनीहरूलाई आउने चुनावमा हराए त्यही नै महाभियोग हुन्छ तर अझै पनि हामीहरू यिनीहरूका पछाडि लाग्छौं भने, यिनकै आरती उतार्छौं र सुनपानी छर्किन्छौं भने हामी मान्छे जस्तै देखिने मात्र हौं, वास्तविक मान्छे होइनौं भन्ने प्रमाणित हुन्न र ?   

अझ गहिराइमा गएर हेर्नुहुन्छ भन्ने यो भस्मासुर प्रचण्डको ठुलो सफलता हो यो न्यायिक क्षेत्र तहस नहस पार्नु । उनी राज्यका हरेक अङ्ग हरु तहस नहस बनाउँदै आफूलाई जेल जीवन बाट बँचाउन र सधै पावरमा राखिरहन चाहन्छन् । 

सेना, प्रहरी, कर्मचारी यन्त्र, राजनीति, अर्थतन्त्र लगायत हर क्षेत्रलाई भस्म पार्दै आएका भस्मासुर प्रचण्ड र यिनका मतियारहरु लाई नचिन्ने र तिनैलाई पालै पालो बोक्ने, पछि लाग्ने हामी मूर्ख जनता पनि कम दोषी छैनौँ । अनि हामीले दुःख नपाए कसले दुःख पाउँछ ? हेर्दै जानुस् बिस्तारै भोकमरीले मर्नु पर्ने दिन पनि आउने छ एकदिन यदि अझै पनि हामीले चेत्दैनौँ भने । सत्य तितो हुन्छ है । - रामप्रसाद खनाल 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक